न्यू योर्क । याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) यही अक्टोबर २६ तारिखमा न्यू योर्कको मनाउँदै छ। किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा पूर्वमा बसोबास गर्ने प्रकृती पुजक याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येले तङ्वे ५०८४) मनाउन लागेको हो।
लिम्बु जातिको संस्कार, संस्कृति, भेषभुषा भावि पुस्तालाई हस्तान्तरण गर्न र जगेर्ना गर्ने उद्देश्यले अमेरिकामा रहेको लिम्बु समुदायले यो पर्व मनाउँदै आएको छ।
कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुको प्रस्तुति तथा लारिङ्गेत्, यालाङ, केलाङ् तथा बालबालिकाहरुको लिम्बु भेषभुषा प्रदर्शनी तथा डिजे हुने आयोजकले जनाएको छ। चुम्लुङले क्वीन्समा अवस्थित गुल्सन टेरेशमा हुने कार्यक्रममा उपस्थितीको लागि अमेरिकामा रहेका सम्पूणर् लिम्बु समुदायलाई अनुरोध गरेको छ।






प्रतिक्रिया