न्यू योर्क। महान्यायाधिवक्ता (अटर्नी जनरल) लेटिसिया जेम्स (लेटिसिया एन “टिश” जेम्स) ले जोहरान माम्दानीको चुनावी अभियानमा सहभागी भएर आफ्नो पहिलो सार्वजनिक जनाएकी छन्।
मङ्गलबार म्यानह्याटनको ऐतिहासिक युनाइटेड प्यालेस थिएटरमा भएको जोरान माम्दानीको विशाल सभामा उनले भनिन, 'जोहरान यो शहरको उज्जल भविष्यको लागि लडिरहेका नेता हो। जोहरानको साहस नै मैले उनलाई समर्थन गर्ने कारण हो।'
सङ्घीय अभियोग पछि पहिलो पटक सार्वजनिक मञ्चमा देखिनुलाई न्यू योर्ककी महान्यायाधिवक्ता जेम्सको पोलिटिकल कमब्याक’ का रूपमा हेरिएको छ। उनी न्यू योर्ककी पहिलो अश्वेत महिला महान्यायाधिवक्ता हुन। सिटी मेयर निर्वाचन 'अर्ली भोटिङ'को १२ दिन अघि आयोजना गरिएको यो सभा एक वर्ष अधि सुरु भएको माम्दानीको सिङ्गो चुनावी अभियानको 'क्लोजिङ स्टेटमेन्ट' तथा 'ग्रासरुट' संगठन निर्माण अभियानले हासिल गरेको राजनीतिक सफलताको 'स्टेटमेन्ट' जस्तो भव्य थियो।
‘आफ्नो काम गर्दा हुने आक्रमण र अवरोधलाई पन्छाउने अनुभव मलाई छ। म चट्टानमा उभिएकी छु। म झुक्दिनँ। म टुट्दिन, डराउँदिन, र आत्मसमर्पण गर्दिन। म डगमगाउँदिन, हार मान्ने मान्दिन।'
सभामा जेम्सको भावावेशपूर्ण भाषणले माम्दानीको समर्थन मात्र गरेन, न्याय, लोकतन्त्र र निष्ठाको लडाइँप्रति उनको प्रतिबद्धता पनि उजागार गर्यो। ‘मलाई जस्तै जोहरानलाई पनि आक्रमण, गाली, अभद्र व्यवहार र उत्पीडनको अनुभव छ,’ उनले भनिन्, ‘आफ्नो काम गर्दा हुने आक्रमण र अवरोधलाई पन्छाउने अनुभव मलाई छ। म चट्टानमा उभिएकी छु। म झुक्दिनँ। म टुट्दिन, डराउँदिन, र आत्मसमर्पण गर्दिन। म डगमगाउँदिन, हार मान्ने मान्दिन।' उनी मञ्चमा प्रवेश गर्नासाथ ‘वी लभ यू टिश’ को नारा गुन्जिएको थियो।
उनले आफूमाथि लगाइएका आरोपको जोरदार खण्डन गर्दै ‘शक्तिशाली स्वरहरू’ ले ‘राजनीतिक लाभको लागि न्यायलाई हतियार बनाउने प्रयास’ भइरहेको बताइन्। सङ्घीय ग्रान्ड जुरीले उनमाथि भाडा ऋणसम्बन्धी 'फ्रड' गरेको आरोप लगाएको दोस्रो साता जेम्सले यस्तो अभिव्यक्ति दिएकी हुन। उनको मुद्दा इस्ट भर्जिनियाकी कार्यकारी अमेरिकी अटर्नी लिन्से हलिगनले हेरिरहेकी छन्। हलिगनले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत वकिलका रूपमा काम गरिसकेकी छन्।
डेमोक्रेटिक मेयर प्रत्याशी माम्दानीले 'आवर टाइम हयाज कम' ब्यानरमा प्रगतिशील एजेन्डाको शक्तिशाली प्रस्तुति दिए। ‘यो त्यो आन्दोलनको शक्ति हो जसले डेमोक्रेटिक पार्टीको आत्माको लडाइँ जित्यो,’ उनले भने। उनले 'रेण्ट फ्रिज’, निःशुल्क बस र ‘युनिभर्सल चाइल्ड केयर’ जस्ता नीतिहरू ‘केवल भाषण नभएर, वास्तविक परिवर्तन ल्याउने प्रगतिशील राजनीतिक प्रतिबद्धता’ भएको बताए।
चुनावी सभालाई माम्दानी, निडिया भलास्केज, र लेटिसिया जेम्सले सम्बोधन गरेको भिडियो सामाग्रीः
बृहद राजनीतिक समर्थन
करिब ३ हजार २०० मानिसले भरिएको युनाइटेड प्यालेसमा माम्दानीको पछि रहेको बृहद् राजनीतिक समर्थन देखाएको थियो। त्यहाँ अमेरिकी सिनेटर निडिया भेलास्केज, कंग्रेसम्यान एड्रियानो इस्पाइलट, पूर्व एफटीसी अध्यक्ष लिना खान, डब्ल्यूएनबीए खेलाडी नताशा क्लाउड लगायतका महत्वपूर्ण व्यक्ति तथा ठूला पेशागत समुहका प्रतिनीधिहरुले जोहरानलाई समर्थन जनाएका थिए। सिटी काउन्सिल मेम्बर ची ओस्सेले यो निर्वाचनलाई ‘सरकार भित्र र बाहिर दुबै क्षेत्रमा निरन्तर रहिआएको राजनीतिक क्रान्ति’ भनेका थिए।
अमेरिकी सिनेटर निडिया भेलास्केजले यस सभालाई विशेष महत्व दिँदै भनिन्, ‘यो सभा चुनावी सभा भन्दा धेरै बढी हो - यो हाम्रो सामूहिक संघर्ष र आशाको प्रतीक हो।’ उनले मामदानीको उम्मेदवारीलाई सामुदायिक आवाजलाई सशक्त पार्ने ऐतिहासिक अवसरको रूपमा प्रस्तुत गरिन्।







प्रतिक्रिया