१७ मंसिर २०८१, सोमबार
Mon, Dec 2, 2024
SUBSCRIPTION

ब्याटलग्राउण्डको मतदाताको मन जित्न दुबै उम्मेद्धार व्यस्त

ह्वाइट हाउस दौडको अन्तिम दिन सामेबार पनि दुवै उम्मेद्धारहरु चुनाबी युद्ध मैदानको रुपमा रहेको राज्यहरुमध्येको महत्वपूर्ण राज्य पेन्सेलभेनियाका मतदातामाझ पुगरिरहेका छन् ।
ब्याटलग्राउण्डको मतदाताको मन जित्न दुबै उम्मेद्धार व्यस्त

न्यूयोर्क । राष्ट्रपति निर्वाचनको प्रचार अभियानको अन्तिम दिन सोमबार डेमोक्रेटिक पार्टीका कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले मतदाताको मन जित्ने अन्तिम प्रयास गरिरहेका छन् । ह्वाइट हाउस दौडको अन्तिम दिन सोमबार पनि दुवै उम्मेद्धारहरु चुनाबी युद्ध मैदानको रुपमा रहेको राज्यहरुमध्येको महत्वपूर्ण राज्य पेन्सेलभेनियाका मतदातामाझ पुगरिरहेका छन् । चुनाबी अभियानको अधिकाँश समय स्वीङ स्टेटको मतदाता रिझाउन व्यस्त देखिएका दुबै उम्मेद्धारले चुनाबी अभियानको अन्त्य पनि यही ब्याटल ग्राउण्ड स्टेट बाटै गर्ने भएका छन् । 

डेमाक्राटिक उम्मेद्धार कमला ह्यारिसले सोमबार पेन्सिलभेनियाको फिलाडेल्फियामा व्यस्त रहने छिन् । आइतबार मिचिनगनको चुनाबी अभियानबाट उनी पेन्सिलभेनिया आइपुगेकी हुन । उता रिपब्लीकन उम्मेद्धार डोनाल्ड ट्रम्प भने पेन्सिलभेनियाको अभियान सकेर आजै नर्थ क्यारलोना र मिचिगन पुग्ने कार्यक्रम रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनको निर्णायक राज्य मानिएका सात वटा स्वीङ स्टेटहरुमै दुवै उम्मेद्धारले अधिकाँश समय खर्चिरहेका छन् । स्वीङ स्टेटको रुपमा रहेका पेन्सिभेनिया, नर्थ क्यारोलिन, विस्कोन्सिन, मिचिगन, नाभाडा, जर्जिया र एरिजोना क्षेत्रमा दुवै उम्मेद्धारले प्रचार अभियान केन्द्रीत गर्दै आएका छन् । सातवटा राज्यहरुको गरि ९३ इलोक्ट्रल कलेज रहेकाले राष्ट्रपति पदमा विजयी हुनका लागि यी राज्य महत्वपूर्ण मानिएको छ । अमेरिकामा अन्य राज्यहरुलाई ब्लु स्टेट र रेड स्टेटको रुपमा चिनिने गरेपनि यी सातवटा राज्यहरु भने हरेक निर्वाचनमा फरक फरक उम्मेद्धराको पक्षमा उभिदै आउने भएकाले यही राज्य आफ्नो पक्षमा पार्न उम्मेद्धारहरुवीच कडा प्रतिस्पर्धा हुने गरेको छ । 

अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रत्यक्ष मतदानबाट जसले बढी मत पाउछ उसले विजयी हासिल गर्ने प्रणाली नभएको कारण अर्थात इलेक्ट्रोल कलेज सिस्टम भएकोले ती सात राज्यहरुको चुनाबी परिणामले महत्वपूर्ण अर्थ राख्ने गर्दछ । यी राज्यहरुमा विजयी उम्मेद्धारले १ लाखभन्दा कम मतको अन्तरले मात्र इलेक्ट्रोल कलेजमा कब्जा जमाउदै आएका छन् । ती सात मध्ये २०२० को निर्वाचनमा जो बाइडेलले नर्थ क्यारोलिना बाहेक ६ वटै राज्यको इलेक्ट्रल कलेजमा जीत हासिल गरेका थिए । तर मत अन्तर भने कतिपय राज्यमा १० हजारको मात्र फरक थियो । विभिन्न चुनाबी मतपरिक्षणहरुले यसपटक पनि ती राज्यहरुमा पनि दुवै उम्मेद्धारवीच कडा प्रतिस्पर्धाको परिणाम देखाइरहेका छन् । 

प्रतिक्रिया