१७ मंसिर २०८१, सोमबार
Mon, Dec 2, 2024
SUBSCRIPTION

मतदान सकिएको राज्यबाट गनना शुरु, प्रारम्भिक नतिजामा ट्रम्प अगाडि

मतगननाको प्रारम्भिक नतिजामा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्प अघि देखिएका छन् । न्यूयोर्क राज्यमा भने राती नौ बजेसम्म मतदानको समय तोकिएको छ ।
मतदान सकिएको राज्यबाट गनना शुरु, प्रारम्भिक नतिजामा ट्रम्प अगाडि


न्यूयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको क्रममा पूर्वोत्तर राज्यहरुमा मतदानको समय सकिए संगै मतगननाको क्रम शुरु भएको छ । मतगननाको प्रारम्भिक नतिजामा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्प अघि देखिएका छन् । न्यूयोर्क राज्यमा भने राती नौ बजेसम्म मतदानको समय तोकिएको छ । ब्याटल ग्राउण्डको रुपमा रहेको राज्यहरुमा पनि क्रमशः मतदानको समय सकिदैछ । पेन्सिलभेनियामा मतदानको समय सकेसंगै मतगनना शुरु हुने जनाइएको छ । 

विश्व राजनीतिको ध्यान आकृष्ट गर्दै अमेरिकाको ४७ औं राष्ट्रपति चयनको लागि आज निर्वाचन भएको हो । अधिकाँश राज्यहरुमा विहान ६ बजेबाट मतदान शुरु भएको थियो । क्यालिफोर्नियामा राती ११ बजेसम्म मतदान हुनेछ भने आलस्का, हवाई जस्ता राज्यहरुमा मधयरातीसम्म मतदानको समय तय गरिएको छ । 

अमेरिकी मतदाताहरुले आज राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदको प्रतिनिधिसभा सदस्य, सिनेट सदस्य, आफ्नो राज्यका राज्यसभा सदस्य, सिनेटसदस्य, सर्वोच्च अदालतको न्यायाधिश र स्थानीय अदालतका न्यायधीश गर्नेछन् । झण्डै आठ करोड मतदाताले अर्ली भोटिङ र हुलाकबाट मतदान गरिसकेका छन् । अर्लि भोटिङका लागि अक्टोबर २६ देखि नोभेम्बर ३ सम्मको समय तोकिएको थियो 

यसपालिको निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । अमेरिकी मत सर्वेक्षणहरूले यो निर्वाचनमा अमेरिकी इतिहासकै सबभन्दा कडा टक्कर हुने देखाएका छन् । राष्ट्रव्यापी मत सर्वेक्षणहरूले ह्यारिस ट्रम्प भन्दा एक प्रतिशत मात्र अघि देखाएका छन् । निर्वाचनको अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान कसैले लगाउन सकेका छैनन् । जसको पक्षमा पनि परिणाम जान सक्छ भन्ने सम्भावनाका कारण पनि अमेरिकामा मात्र होइन, विश्वभरि नै यो निर्वाचनलाई चासोपूर्वक हेरिएको छ ।

प्रतिक्रिया