न्यूयोर्क । अमेरिकी राष्ट्रपतीय निर्वाचनको लागि भएको अर्ली भोटिङ आइतबार साँझबाट सकिएको छ । नौ दिनसम्म चलेको अर्लि भोटिङका क्रममा ७ करोड ५० लाख भन्दा बढीले भोट गरेको निर्वाचन कार्यालयले जनाएको छ । अर्लि भोटिङका क्रमा न्यूयोर्क राज्यमा मात्रै झण्डै १० लाख मतदाताले मतदान गरेका छन् । मतदानको मुख्य दिन भने नोभेम्बर ५ हो । उक्त दिन बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म मतदान गर्न सकिने छ । मुख्य दिन मतदान गर्न नभ्याउनेहरुका लागि अर्लि भोटिङको व्यवस्था भएको होx । अर्लि भोटिङकै रुपमा हुलाकबाट समेत आफ्नो मतदानको ब्यालेट पठाइने समेत जनाइएको छ ।
अर्लि भोटिङका क्रममा सबैभन्दा बढी मतदान नर्थ क्यारोलिनमा भएको जनाइएको छ । यस राज्यमा करिब ४५ लाख मतदाताले भोट गरेका छन् । यसैगरी जर्जियामा करिब ४० लाख ब्यक्तिहरुले आफ्नो समयको बचेको देखिएन । यसै गरी पेन्सिलभेनियामा १७ लाख जनाले भोट गरेका छन् ।
यो निर्वाचनमार्फत अमेरिकाको राष्ट्रपति, उपराष्ट्रपति, अमेरिकी सिनेटर, कङ्ग्रेसम्यान, स्टेट सिनेटर, एसेम्ब्ली मेम्बर, सुप्रिम कोर्ट जस्टिस, सरोगेट कोर्ट जस्टिस र जज फर सिभिल कोर्ट निर्वाचित हुनेछन्।
प्रतिक्रिया