०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

ओलम्पिक विजेता पलेशालाई ६५ लाख पुरस्कार

प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशासहित प्रशिक्षक र टोली व्यवस्थापकलाई पुरस्कृत गरेका हुन्।
ओलम्पिक विजेता पलेशालाई ६५ लाख पुरस्कार

काठमाडौँ सरकारले पेरिस पारा ओलम्पिक, २०२४ मा कांस्य पदक प्राप्त गर्ने पलेशा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले पलेशासहित प्रशिक्षक टोली व्यवस्थापकलाई पुरस्कृत गरेका हुन्।

मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार रुपैयाँ टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको

युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने राशीमा कर नकटाउने नीति लिइएको बताए उनले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी थिए मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताए

प्रतिक्रिया