न्यू योर्क । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी किशोरी इनिशा विकको लागि न्यायको माग गर्दै न्यू योर्कमा द्धिप प्रज्वलन तथा प्रार्थना गरिएको छ। न्यू योर्कको ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा विभिन्न संघसंस्थाका अगुवाहरु, अधिकारकर्मीहरु तथा पत्रकारहरु उपस्थित भई बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशाको न्यायको लागि अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका अगुवाहरु भेला भई मैन बत्ती बालेर मृत आत्माको शान्तिको कामना गर्दै प्रार्थना गरिएको हो ।
कार्यक्रममा महिला अधिकारकर्मी डा. बिष्णु माया परियार, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरुङ, एनवाइसीनेपालन्यूजडटकमकी सम्पादक मच्छेदेवी गुरुङ, गैर आवासीय नेपाली संघ एनआरएनए न्यू योर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने, गोरखा समाजका अध्यक्ष खाम भट्ट, न्यू योर्क डिष्ट्रिक्ट ३० का एसेम्बली मेम्बरका उमेद्वार सोमनाथ घिमिरे लगायतले इनिशा विकको बलात्कारी र हत्यारालाई कडा भन्दा कडा सजाय हुनु पर्ने र पीडित किशोरी इनिशाको न्यायको माग गरेका थिए । नेपाल ज्वेलर्सका प्रोप्राइटर जगत (दिनेश) सेन्च्युरी, सामाजिक अभियन्ता चमेली परियार, पुन्यवती रम्तेल लगायतले कार्यक्रमको संयोजन गरेका थिए ।कार्यक्रममा महिला अधिकारकर्मीहरु, समाजिक अभियन्ताहरु, समुदायका अगुवाहरु, कलाकारहरु, खेलाडीहरु पत्रकार लगायतले इनिशामाथि भएको जघन्य अपराध बलात्कार र हत्याको विरोध गर्दै पीडितलाई न्याय दिलाउन सबैले आवाज उठाउनुपर्ने बताए । सहभागीहरुले नेपालमा पछिल्लो समय किशोरीमाथि भईरहेको बलात्कार जस्ता जघन्य अपराधका घटना बढीरहेको भन्दै दोषीलाई कानूनी कठ्घरामा उभ्याएर कढा भन्दा कडा सजाय माग गर्दै छोरीहरुको बाँचन पाउने अधिकारको सुनिश्चित गर्न माग गरेका थिए ।








प्रतिक्रिया