०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

बाल्टिमोर काउन्टीको कमिसन फर वुमन (महिला आयोग) को सदस्यमा सिर्जना (हरिमाया) काफ्ले नियुक्त

बाल्टिमोर काउन्टीको कमिसन फर वुमन (महिला आयोग) को सदस्यमा सिर्जना (हरिमाया) काफ्ले नियुक्त

बाल्टिमोर । मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको कमिसन फर वुमन (महिला आयोग) को सदस्यमा सिर्जना (हरिमाया) काफ्ले नियुक्त भएका छन्।  । बाल्टिमोरमा बस्दै आएकी काफ्लेलाई काउन्टी महिला आयोगमा नियुक्त भएको जानकारी इमेलमार्फत प्राप्त भएको हो । बाल्टिमोर काउन्टी एक्जुकेटिभ क्याथी क्लाउज्मायरले नियुक्त बारे जानकारी गराएको काफ्लेले बताए ।

काफ्ले नेपालमा रहँदा एकल महिलाको क्षेत्रमा काम गर्ने संस्था मानव अधिकारका लागि महिला, एकल महिला समूश डब्लुएचआर मा कार्यरत थिइन् । काफ्लेको कार्यकाल जनवरी २३ देखि लागू हुने र डिसेम्बर ३१, २०२८ मा समाप्त हुने इमेलमा जनाईएको छ । महिला अधिकार, समानता र सशक्तीकरणका लागि सक्रिय रहेकी काफ्लेलाई अनुभवको आधारमा नियुक्त दिइएको काफ्ले बताए । नियुक्तीले आफुलाई खुशी लागेको बताउँदै उनले नेपाली समुदायका महिलाहरुले भोगिरहेको लैंगिक विभेद लगायत महिलासँग सरोकार राख्ने बिषयहरुलाई प्राथमिकतासाथ उठाउने बताइन् । काफ्लेले नेपाल अमेरिका पत्रकार संघ (नेजा) की डिसी मेट्रो क्षेत्रकी संयोजक हुन्। सन् २०१६ मा अमेरिका आएकी काफ्ले हाल परिवारसहित बाल्टिमोरमा बस्दै आएकी छन्। उनी नेप्लिज वुमन ग्लोबल नेटवर्कको पूर्व महासचिव समेत हुन् ।

प्रतिक्रिया