०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नेपाली समाज टेक्सासको अध्यक्षमा भुसाल

नेपाली समाज टेक्सासको अध्यक्षमा भुसाल

टेक्सास। नेपाली समाज टेक्सासको अध्यक्षमा विजय भुसाल निर्वाचित भएका छन्। भूसालले प्रतिद्वन्दी जनक भण्डारीलाई ९ सय ९ मतान्तरले हराएका छन्। भुसालले २ हजार ३ सय १८ मत प्राप्त गरेका थिए भने भण्डारीले १ हजार ३ सय ९१ मत प्राप्त गरेका थिए।

कूल १७ सदस्यीय कार्यसमितिमा भुसालको प्यालनले बहुसंख्यक पदाधिकारी र सदस्य हात पारेको छ। वरिष्ठ उपाध्यक्षमा निर्वाचित जीवलाल भुसालले १ हजार ७ सय ७८ मत पाएका थिए। उनका प्रतिद्वन्दी डा. चण्डि भण्डारीले १ हजार ७ सय ५३ मत प्राप्त गरेका थिए। त्यस्तै उपाध्यक्षमा दिलिप राईले ३ मतले प्रतिद्वन्दी गञ्जन भण्डारीलाई पछि पारेका थिए। उनीहरु सबै अध्यक्ष निर्वाचित भुसाल प्यानलबाट विजयी भएका हुन्।

‘कडा प्रतिस्पर्धा भएपनि निर्वाचन भव्य र सभ्य रुपमा सम्पन्न भयो,’ उपाध्यक्ष निर्वाचित दिलिप राईले भने, ‘मलाई अमुल्य मत दिएर विजयी गराउने सबैलाई हृदयदेखि आभार व्यक्त गर्न चहान्छु। उहाँहरुले दिनुभएको सार्थक बनाउने र दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्छु।’

महिला उपाध्यक्षमा जनक भण्डारी प्लानलकी राधिका खरालले २ हजार २ सय ९२ मत सहित विजय भइन। उनकी प्रतिद्वन्दी शान्ता गिरीले १ हजार ३ सय १७ मत प्राप्त गरिन्। महासचिव र सचिवमा भुसाल प्यानलका क्रमशः प्रविश श्रेष्ठ र नारायण बहादुर केसी विजयी भए। कोषाध्यक्षमा प्रेम थापा (आदित्य) र सह कोषाध्यक्षमा कान्ति नेपाल विजयी भए। थापा र नेपाल दुवै भुसाल प्यानलका हुन्। त्यस्तै वुमन कोअर्डिनेटरमा पनि भुसाल प्यानलकै सोनी थापा (सोनिशा) विजयी भइन्।

स्पोर्टस कोअर्डिनेटर र युथ एण्ड स्टुडेन्ट कोअर्डिनेटरमा भण्डारी प्यानलका क्रमशः उजित अधिकारी र आदर्श भण्डारी विजयी भए। त्यस्तै भण्डारी प्यानलका अर्जुन बम सदस्यमा निर्वाचित भए। सदस्यमा भुसाल प्यानलका बाबुराम अर्याल, प्रदिप पौडेल र रिना क्षेत्री विजयी भए। त्यस्तै स्वतन्त्रबाट हेम भट्ट विजयी भए।

कूल ६ हजा १ सय ६२ टेक्सासवासी सदस्य रहेको नेपाली समाज टेक्सासको निर्वाचनमा करिब ४ हजार मत खसेको थियो। १९९७ देखि सक्रिय यो संस्था नेपाली समुदायको सबैभन्दा ठूला मध्येमा पर्छ। त्यहि भएर निर्वाचनमा उमेद्वारहरुको प्रतिस्पर्धाको रौनक टेक्सासभर छाएको थियो।

‘कडा प्रतिस्पर्धा भएपनि निर्वाचन भव्य र सभ्य रुपमा सम्पन्न भयो,’ उपाध्यक्ष निर्वाचित दिलिप राईले भने, ‘मलाई अमुल्य मत दिएर विजयी गराउने सबैलाई हृदयदेखि आभार व्यक्त गर्न चहान्छु। उहाँहरुले दिनुभएको सार्थक बनाउने र दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्छु।’ नेपालदेखि नै सामाजिक क्षेत्रमा सक्रिय राई किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) टेक्सासका दुई कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन्। झीनो मतान्तरले विजय भएलगत्तै उनलाई केआरएसए (टेक्सास) ले किराती फेटा गुथेर सम्मान गरेको थियो। 
‘म एनवाईसी नेपाल न्युजमार्फत सम्पूर्ण टेक्सासवासी नेपालीहरुलाई साकेला उधौलीको शुभकामना दिन चहान्छु र हुन लागेको पारुहाङ साँझमा उपस्थितिका लागि अनुरोध गर्छु।’

प्रतिक्रिया