०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

जमैका नेपाली समाजको सभापतिमा पुष्कर खनाल चयन

आइतबार समाजद्धारा आयोजित समर पिकनिकसहीतको भेलाबाट खनालको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
जमैका नेपाली समाजको सभापतिमा पुष्कर खनाल चयन


न्यूयोर्क । न्यूयोर्कको क्वीन्सस्थित जमैका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको संस्था जमैका नेपाली समाजमा समाजसेवी पुष्कर खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार समाजद्धारा आयोजित समर पिकनिकसहीतको भेलाबाट खनालको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । 
नवनिर्वाचित कार्यसमितिका उपसभापतिमा भीम न्यौपाने, सचिवमा पारस भारद्वाज (निरौला) र कोषाध्यक्षमा सजन पौडेल रहेका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा अशोक ज्ञवाली, मातृका गुप्ता, सम्राट कार्की, भुपेन्द्र बज्रचार्य, बिनोद के.सी. गुण बहादुर घर्तीमगर र राम कार्की रहेका छन् । 
तुलसी आचार्य र अशोक कार्की सम्मिलित निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको नव निर्वाचित सचिव पारस भारद्धाजले जानकारी दिए । सन् २०२० मा स्थापना भएको जमैका नेपाली समाजले न्यूयोर्कको क्वीन्सस्थित जमैका आसपास बसोबास गर्दै आएका नेपाली समुदायलाई एकताबद्ध गर्दै विभिन्न सामाजिक गतिविधि संचालन गर्दै आएको छ । 


  

 

प्रतिक्रिया