०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

अमेरिकाद्वारा इरानको आणविक केन्द्रहरुमा बम प्रहार

अमेरिकाद्वारा इरानको आणविक केन्द्रहरुमा बम प्रहार

न्यू योर्क। अमेरिकाले इरानको आणविक केन्द्रहरुमा बम प्रहार गरेको छ। बम प्रहारको पुष्टि राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँले शनिबार साँझ सामाजिक सञ्जाल एक्समार्फत गरेका छन्। 

उनले अमेरिकी सैन्य विमानहरुले इरानको फोर्दो, नातान्ज र एस्फाहनमा रहेका आणविक केन्द्रमा बम प्रहार गरेको उल्लेख गरेका छन्। उनले साँझ ७ः५० मा सामाजिक सञ्जाल एक्समा उल्लेख गरे अनुसार बम प्रहारपछि अमेरिकी विमानहरुले इरानको हवाइ क्षेत्र छाडिसकेका छन्। ती विमानहरु सुरक्षित रुपमा अमेरिका फर्किँदैछन्। 

सामाजिक सञ्जाल एक्समा उनले बम प्रहार गर्ने सेनाको टोलीलाई प्रसंशा गरेका छन्। ‘हाम्रा महान् अमेरिकी वीर योद्धाहरुलाई बधाई,’ उनले एक्समा लेखेका छन्, ‘विश्वमा अरू कुनै पनि सेना यस्तो कार्य गर्न सक्दैनथ्यो। अब शान्तिको समय आएको छ।’ 

राष्ट्रपति ट्रम्पले शनिबार साँझ देशका नाममा सम्बोधन गर्ने भएका छन्। उक्त सम्बोधनमा उनले इरानको आणविक केन्द्रहरुमा भएको बम प्रहारको सफलताबारे बताउने उल्लेख गरेका छन्।

प्रतिक्रिया