०४ वैशाख २०८३, शुक्रबार
Fri, Apr 17, 2026
SUBSCRIPTION

नरेश भट्टलाई औपचारिक रुपमा हत्या अभियोग, ममताको रगतसँग कोठामा भेटिएको रगतको डिएनए म्याच

नरेश भट्टलाई औपचारिक रुपमा हत्या अभियोग, ममताको रगतसँग कोठामा भेटिएको रगतको डिएनए म्याच

फोटोः नरेशको फेसबुक वालबाट साभार। 

भर्जिनिया। गएको जुलाइ अन्त्यदेखि भर्जिनियामा हराइरहेकी ममता काफ्लेको श्रीमान नरेश भट्टलाई औपचारिक रुपमा हत्या अभियोग लगाइएको छ। डिसेम्बर २ मा प्रिन्स विलियम काउन्टी कमनवेल्थमा बसेको ग्रयाण्ड जुरीले नरेशलाई ममताको हत्याको औपचारिक अभियोग लगाएको हो।

नरेशलाई पहिलो श्रेणीको हत्या अभियोग तथा ममताको शरीरलाई 'फिजिकल्ली डिफाइल्ड' बनाएको अभियोग लागेको हो। यसअघि नरेशलाई ममताको शरीर टुक्रा पारी लुकाएको आरोप मात्र लागेको थियो । भर्जिनिया अवस्थित मनासस पार्क प्रहरीका प्रमुख मारियो लुगोले पत्रकार सम्मेलनमा हराइरहेकी ममताको रगतसँग कोठामा भेटिएको रगतको डिएनए टेष्टको रिपोर्ट मिलेकोले नरेशलाई ममताको हत्या अभियोग लगाएको जानकारी दिएको हो। नरेशले ममतालाई जुलाई २९ मा नै बेडरुममा हत्या गरेको हुन सक्ने प्रहरी प्रमुखको भनाइ छ। २८ बर्षिया नर्स ममता युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर मनानस भर्जिनियामा अन्तिम पटक जुलाई २७ मा देखिएको सिएनएनले जनाएको छ। यसअघि प्रहरीले नरेशले घरबाट फोहोरका थुप्रै ब्यागहरु विभिन्न ठाउँमा लगेर फोहोर फ्याकेको जनाएको थियो ।

 प्रहरीले घरमा देखिएका अपराधका विभिन्न दृश्यहरुका अनुसार उनले हत्या गरेका आशंका भए पनि अभियोगका लागि प्रमाण प्राप्त भएको जनाएको छ। प्रहरीले नरेशलाई ममताको शरीर टुक्रा पारी लुकाएको आरोपमा अगष्ट २२ मा पक्राउ गरेको थियो। सहकर्मीहरुको अनुरोधमा सोसल वेल्फेयरले अगष्ट २ मा नरेशको घरमा पुगेर सोधपुछ गरेको थियो। 

प्रतिक्रिया