एनवाइसीनेपालन्युज
काठमाडौँ। संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । गणतान्त्रिक संविधान जारी भएको उपलक्षमा बिहीबार काठमाडौंमा संविधान दिवस मनाउन लागिएको हो।
काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च पदस्थ अधिकारीहरु सहभागी हुनेछन् । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रमहरु हुनेछन् । नेपाली जनताको सात दशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धि ठानिएको संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायतलाई आत्मसात गरेको छ । सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । नयाँ संविधान जारी भएको एक दशक पुरा हुन लाग्दा पनि संविधान कार्यान्वयनको लागि आवश्यक सबै कानून निर्माण गर्न नसकेको भन्दै सरकारको भने आलोचना हुँदै आएको छ ।





प्रतिक्रिया