२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

शेयर बजारमा विश्वव्यापी मन्दी

शेयर बजारमा विश्वव्यापी मन्दी

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पको करका कारण शेयर बजार विश्वव्यापी रुपमा निरन्तर ओह्रालो लागेको छ। विदेशी उत्पादनमा २५ प्रतिशतसम्म आयात कर लगाएपछि अमेरिका मात्र होइन एशियाको शेयर बजार समेत ओह्रालो लागेको हो।

एस एण्ड पी ५०० मा थप ४ दशमलव गिरावट आएको छ।। एस एण्ड पी ५०० फेब्रुअरी यता २० प्रतिशतले घटेर हाल सम्मकै तल्लो बिन्दूमा ओर्लेको छ। त्यस्तै, डाओ जोन्स थप ४ दशलमव २ प्रतिशत गिरेको छ। उता, लण्डनको शेयर बजार (एफटिएसइ १०००)दशलमव ३ प्रतिशत घटेको छ। टोक्यो शेयर बजार निकेइमा ७ दशमलव ८ प्रतिशत गिरावट आएको छ। 

डोनाल्ड ट्रम्पले अघिल्लो पटक आफ्नो सफलताको ब्यारोमिटर शेयर बजारको सफलतालाई बनाएका थिए। तर, विश्वव्यापी ओह्रालो लागेको अर्थतन्त्रबारे आइतबार उनले भने, ‘म केही ओह्रलो लागोस भन्ने चाहन्न,’ उनले भने, ‘तर, कहिले काहीँ रोग निको पार्न औषधी खानैपर्छ।’

ट्रम्पले अमेरिकी अर्थतन्त्रमा कायापलट ल्याउने भन्दै अघिल्लो साता विवादास्पद कर नीति लागू गरेपछि शेयर बजार ओह्रालो लागेको हो। यसबाट विश्वका मुख्य सूचकाङ्क तल झरेका छन्। खासगरि ट्रम्पले अमेरिका आयात हुने सबै विदेशी उत्पादनमा न्यूनतम १० प्रतिशत भन्सार महशुल कार्यान्वयन गरेपछि यस्तो अवस्था आएको हो। ट्रम्पको अर्थनीतिबाट अमेरिकामा महङ्गी बढ्न अर्थतन्त्र विश्लेषकहरूले चेतावनी दिँदै आएका छन्।

 

प्रतिक्रिया