११ जेठ २०८३, सोमबार
Mon, May 25, 2026
SUBSCRIPTION

संरक्षित क्षेत्रबाट गिरफ्तार गर्न नपाउने प्रावधान निलम्बित

संरक्षित क्षेत्रबाट गिरफ्तार गर्न नपाउने प्रावधान निलम्बित

न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले संरक्षित क्षेत्रबाट गिरफ्तार गर्न नपाउने कानूनी प्रावधानहरू निलम्बन गरेका छन्। उनले ती क्षेत्रमा अनधिकृत, अमेरिका बस्ने कानूनी हैसियत नभएका आपराधिक पृष्ठभूमिका आप्रवासी लुकेर बस्ने भन्दै ती कानूनी प्रावधानहरू निलम्बन गरेका हुन्।

अमेरिकामा फेडेरल, स्टेट स्थानीय तहमा संरक्षित क्षेत्रबाट गिरफ्तार गर्न नपाउने विभिन्न खाले नीति, कानून निर्देशिकाहरू लामो समयदेखि सक्रिय थिए। निलम्बनसँगै खासगरि, इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले संरक्षित क्षेत्रबाट अनधिकृत, कानूनी हैसियत नभएका आपराधिक पृष्ठभुमि भएका आप्रवासीलाई गिरफ्तार गर्न सकेको थिएन। राष्ट्रपति ट्रम्पले यी ब्यवस्था निलम्बन गरेपछि आईस सीबीपीलाई सजिलो भएको छ।

संरक्षित क्षेत्रमा विद्यालय बालबालिका भेला हुने स्थल, चर्च मन्दिरजस्ता धार्मिक स्थल, अन्तिम संस्कार गरिने ठाउँहरू, स्वास्थ्य सेवा उपलब्ध गराइने ठाउँ, सामाजिक सेवा केन्द्र, आपतकालीन सहायता केन्द्रहरू, परेड, जुलुस सार्वजनिक प्रर्दशनी आदि छन्।  

 

प्रतिक्रिया