न्यू योर्क। राष्ट्रपति डोनाल्ड ट्रम्पले संरक्षित क्षेत्रबाट गिरफ्तार गर्न नपाउने कानूनी प्रावधानहरू निलम्बन गरेका छन्। उनले ती क्षेत्रमा अनधिकृत, अमेरिका बस्ने कानूनी हैसियत नभएका र आपराधिक पृष्ठभूमिका आप्रवासी लुकेर बस्ने भन्दै ती कानूनी प्रावधानहरू निलम्बन गरेका हुन्।
अमेरिकामा फेडेरल, स्टेट र स्थानीय तहमा संरक्षित क्षेत्रबाट गिरफ्तार गर्न नपाउने विभिन्न खाले नीति, कानून र निर्देशिकाहरू लामो समयदेखि सक्रिय थिए। निलम्बनसँगै खासगरि, इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) र कस्टम एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले संरक्षित क्षेत्रबाट अनधिकृत, कानूनी हैसियत नभएका र आपराधिक पृष्ठभुमि भएका आप्रवासीलाई गिरफ्तार गर्न सकेको थिएन। राष्ट्रपति ट्रम्पले यी ब्यवस्था निलम्बन गरेपछि आईस र सीबीपीलाई सजिलो भएको छ।
संरक्षित क्षेत्रमा विद्यालय र बालबालिका भेला हुने स्थल, चर्च र मन्दिरजस्ता धार्मिक स्थल, अन्तिम संस्कार गरिने ठाउँहरू, स्वास्थ्य सेवा उपलब्ध गराइने ठाउँ, सामाजिक सेवा केन्द्र, आपतकालीन सहायता केन्द्रहरू, परेड, जुलुस र सार्वजनिक प्रर्दशनी आदि छन्।











प्रतिक्रिया