२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

ट्रम्पलाई ‘अन्कन्डिसनल डिस्चार्ज’ मा जरिवाना र जेल सजायबाट उन्मुक्ति

ट्रम्पलाई ‘अन्कन्डिसनल डिस्चार्ज’ मा जरिवाना र जेल सजायबाट उन्मुक्ति

न्यू योर्क। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ‘अन्कडिसनल डिस्चार्ज’ मा उन्मुक्ति पाएका छन्। राष्ट्रपति पदमा निर्वाचित भएकै कारण दोषी करार भएपनि उनले ‘हस मनि’ काण्डमा जरिवाना र जेल सजायबाट  उन्मुक्ति पाएका हुन्। 

न्यू योर्क स्टेट सुप्रिम कोर्टका कार्यबाहक न्यायधीश वान मर्चनले शुक्रबार यस्तो निर्णय गरेका हुन्। ट्रम्पले ‘हस मनि’ काण्डमा अदालति प्रक्रिया रोक्न सुप्रिम कोर्टलाई आग्रह गरेका थिए। म्यानह्याटनस्थित सुप्रिम कोर्टका पाँचमध्ये चार न्यायधीशले उनको आग्रह अस्वीकार गरेपछि ‘हस मनि’ काण्डमा शुक्रबार सुनुवाई भएको हो।

‘अन्कन्डिसलन डिस्चार्ज’ मा आरोपीलाई दोषी करार गरिन्छ, तर सजाय दिइँदैन। राष्ट्रपति निर्वाचित ट्रम्पलाई पनि अदालतले ‘हस मनि’ काण्डमा दोषी करार गरेर सजायबाट उन्मुक्ति दिएको हो। यसरि दोषी करार गर्दा अपराधीले सजाय नपाए पनि उसको ‘क्रिमिनल रेकर्ड’ रहन्छ। अमेरिकी इतिहासमा ट्रम्प ‘क्रिमिनल रेकर्ड’ सहित राष्ट्रपति भएको पहिलो व्यक्ति हुनेछन्। 

ट्रम्पमाथि ‘एडल्ट फिल्म’ (नीलो चलचित्र) की नायिका स्टर्मी डेनियल्ससँग भएको विवाहेत्तर सम्बन्धको आरोपमा मौन बस्न ती अभिनेत्री र उनको ‘बोइ फ्रेण्ड’ करेन म्याक्डुगललाई गैरकानूनी रुपमा १ लाख ३० हजार डलर दिएको अभियोग लागेको थियो। उक्त विवाहेत्तर सम्बन्ध सार्वजनिक भए २०१६ को निर्वाचनमा नकारात्मक प्रभाव पर्ने भयले ट्रम्पले गैरकानूनी रुपमा रकम दिएको दाबी गरिएको थियो। यसरि दिइएको रकमलाई ‘हस मनि’ काण्डका रुपमा चिनिन्छ।

रकम ट्रम्पका तत्कालीन कानून व्यबसायी माइकल कोहेनले दिएका थिए। कोहेनले २०१८ मा गैरकानूनी रुपमा पैसा दिएको अदालतसमक्ष स्वीकारेका थिए। उनले ‘एडल्ट फिम्म’ की ती नायिका र ट्रम्पबीच २००६ मा यौन सम्बन्ध भएको तथ्य लुकाएको स्वीकारेका थिए। 

प्रतिक्रिया