०८ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 21, 2026
SUBSCRIPTION

भारतद्वारा पाकिस्तानमाथि मिसाइल प्रहार, कडा जवाफ दिने पाकिस्तानको प्रतिवद्धता

भारतद्वारा पाकिस्तानमाथि मिसाइल प्रहार, कडा जवाफ दिने पाकिस्तानको प्रतिवद्धता

न्यु योर्क। भारतले पाकिस्तानमाथि मिसाइल प्रहार गरेको छ। भारतले स्थानीय समय अनुसार बुधबार बिहान पाकिस्तानमाथि मिसाइल प्रहार गरेको हो। यससँगै भारत र पाकिस्तानबीच फेरी युद्ध सुरु भएको बताइएको छ।

मिसाइल प्रहारमा परी एक बालकसहित कम्तिमा तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १२ घाइते भएको पाकिस्तानले जनाएको छ। तर, भारतले भने पाकिस्तान र पाकिस्तान शासित काश्मिरमा रहेको आतङ्कवादी संरचनामा आक्रमण गरेको जनाएको छ। पाकिस्तानले भने आक्रमणमा सर्वसाधारण मात्र परेको दाबी गरेको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भारतले ‘युद्ध’ सुरु गरेको जनाएका छन्। उनले उक्त हमलाको ‘कडा जवाफ’ दिने प्रतिक्रिया दिएका छन्। काश्मिरमा भारत र पाकिस्तान दुवैले दावी गर्दै आएका छन्। यी दुवै राष्ट्र दक्षिण एशियाको आणविक हतियार भएका देश हुन्।

केही साता अघि पाकिस्तान शासित काश्मिरमा एकजना बन्दुकधारीले २६ पर्यटकको हत्या गरिदिएको थियो। त्यसमा २५ भारतीय र एक नेपाली पर्यटक थिए। त्यसपछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो। 

सञ्चारमाध्यमहरूले जनाए अनुसार भारतले पाकिस्तानको पाँच स्थानमा मिसाइल प्रहार गरेको छ। त्यसमा कोल्टी, मुजफ्फरपुर, अहमदाबादका पूर्वी क्षेत्र, वाग र मुरिड्के छन्। मिसाइल प्रहारमा परेका सबै क्षेत्र पाकिस्तानी भूभागमा पर्छ। 

प्रतिक्रिया