११ जेठ २०८३, सोमबार
Mon, May 25, 2026
SUBSCRIPTION

मेयर आडम्सले ‘फेडेरल डिपोर्टेसन प्लान’ कार्यान्वयनमा सहयोग गर्ने

मेयर आडम्सले ‘फेडेरल डिपोर्टेसन प्लान’ कार्यान्वयनमा सहयोग गर्ने

न्यू योर्क। मेयर एरिक आडम्सलेफेडेरल डिपोर्टेसन प्लानमा सहयोग गर्ने भएका छन्। उनले उनको प्रशासनले गैरकानूनी हैसियतमा रहेका अपराधी आप्रवासी हटाउन इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) सँग सहकार्य गरिरहेको जनाएका छन्।

शेल्टरमा बसेर आफ्नो बालबालिका हुर्काउन कोही अमेरिका आएका होइनन्। उनीहरु आफ्नो अमेरिकन ड्रिम पुरा गर्न आएका हुन्,’ उनले भने, ‘अमेरिकी जनताले राष्ट्रपतिलाई बोर्डर सुरक्षित राख्न अपराध गर्ने नियतले हाम्रो सिटी देशमा नआउन भन्ने सुनिश्चित गर्न भनेका छन्। हामी त्यही गर्न सहकार्य गरिरहेका छौँ।

उनले अपराधीका सम्बन्धमा कानून प्रष्ट रहेको अपराध गरेका आप्रवासीका सवालमा आप्रवासीको हित रक्षा गर्नेस्याङ्चुअरी नभएर फेडेरल कानून अनुसार व्यवहार गरिने पनि प्रष्ट पारेका छन्।आप्रवासन सम्बन्धी नीतिका लागि फेडरल सरकार जिम्मेवार छ। त्यसलाई कार्यान्वयन गर्न सात अर्ब डलर लाग्छ,’ उनले भने, ‘हामी त्यो खर्च गर्दैनौं। हामी कानून पालना गर्छौं।’ 

प्रतिक्रिया