१७ मंसिर २०८१, सोमबार
Mon, Dec 2, 2024
SUBSCRIPTION

काठमाडौमा विविध कार्यक्रम गरी नेपाल संवत् ११४५ को स्वागत, न्यूयोर्कमा र्याली

काठमाडौ उपत्यकामा स्थानीय समाजसेवी शंखधर साख्वाले किसानहरुको ऋण मोचन गरिदिएपछि शुरु भएको मानिने नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्को रुपमा मान्यता प्रदान गरेको छ ।
काठमाडौमा विविध कार्यक्रम गरी नेपाल संवत् ११४५ को स्वागत, न्यूयोर्कमा र्याली

काठमाडौँ । नेपाल संवत् ११४५ शनिबारबाट शुरु भएको छ । काठमाडौ उपत्यकामा स्थानीय समाजसेवी शंखधर साख्वाले किसानहरुको ऋण मोचन गरिदिएपछि शुरु भएको मानिने नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्को रुपमा मान्यता प्रदान गरेको छ । नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मानयता दिदै सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ । 

नेपाल संवत्को अवसरमा शनिबार काठमाडौ, भक्तपुर र ललितपुरमा विविध कार्यक्रम गरी नयाँ वर्ष नेपाल संवत् ११४५ को स्वागत गरेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागीतामा विषेश समारोहहरु तथा शुभकामना कार्यक्रम आयोजना गरिएको छ । यसैगरी नेपाल संवत्का प्रवद्र्धक शंखधर साख्वाको स्मृतिमा समेत कार्यक्रमहरु आयोजना भएका छन् । 
शनिबार नेपाल संवत् ११४५ मुल समारोह समितिको आयोजना बसन्तपुरमा भएको विषेश कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपालको मौलिक संवत् भएकोले यसको प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताए । यो कुनै विदेशी आयातित संवत् नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । 
प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको चर्चा गर्दै नेपाल संवत्लाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान र कक्षा ९ र १० को ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता मागका विषयमा सरकारको ध्यान जाने प्रतिबद्धता व्यक्त गरे । 
उनले नेपाल संवत् मूल समारोह समिति आयोजनाका लागि सहयोगस्वरुप विगतमा आफूू हुँदा थालनी भएको र बीचका केही वर्ष रोकिएको रु १० लाखमा वृद्धि गरी यस वर्ष सरकारले रु १५ लाख रकम दिएको जानकारी पनि गराए ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमानसिंह, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वसुुब्बा गुरुङ, सङ्घीय सांसद् कृष्णगोपाल श्रेष्ठ, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोललगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो, “सबै भाषा र संस्कृति हाम्रा हुन् । नेपाली माटोका यी भाषा र संस्कृतिको संरक्षणमा हामी सबै एक भएर लाग्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले यसअघि ललितपुरको मङ्गलबजार र भक्तपुरको नयाँ थिमीमा आयोजित नेपाल संवत् नयाँ वर्षका कार्यक्रममा पुुगेर शुुभकामना दिएका थिए । 

यसैवीच अमेरिकाको न्यूयोर्कमा नेपाल संवत्को अवसरमा र्याली तथा शुभकामना कार्यक्रम आयोजना हुने भएको छ । न्यूयोर्कको क्वीन्सस्थित ज्याकसन हाइटमा नेवा गुठी र नेवा नःकको आयोजनामा नेपाली समुदायको उपस्थितिमा र्याली तथा शुभकामना कार्यक्रम आयोजना हुने नेवा गुठीका अध्यक्ष विजयमान सिंहले एनवाईसी नेपालन्युजलाई जानकारी दिए । 

तस्वीरः दिनेश भण्डारी / प्रधानमन्त्री सचिवालय

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू