काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुईतिहाई नजिक रहेकोले सरकार परिवर्तन हुने हल्ला निराधार रहेको दावी गरेका छन् । वर्तमान सरकार आगमी आम निर्वाचन गरेपछि मात्र परिवर्तन हुने ओलीको जिकिर थियो । “हामीले पहिल्यै भनिसकेका छौँ, यो सरकार आफै फेरिन्छ । चुनावी सरकारको नेतृत्व नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुहुन्छ ।
मंगलबार प्रहरी दिवशको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भने “चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । अलोकतान्त्रिक विधिबाट कुनै पनि परिवर्तन ल्याउन खोज्नु लोकतान्त्रिक बाटो होइन ।” प्रधानमन्त्री ओलीले भने “दसैँपछि सरकार तुरुन्त परिवर्तन हुन्छ भन्ने हल्ला पनि फैलाइयो । कुन दसैँ ? २०८४ सालको ?
अहिलेको संविधान नेपाली जनता सार्वभौमसत्ता सम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधनबाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उहाँले लोकतान्त्रिक प्रणालीमार्फत् जुनसुकै परिवर्तन ल्याउन सकिने बताए । व्यवस्था विरोधी कुरा गर्नेहरुलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले अगाडि भने “कुनाकाप्चाबाट म भन्न चाहान्छु, यो देशलाई विकास र परिवर्तन गर्ने कुरामा इतिहास बनाएका नेपाली काँग्रेस र नेकपा (एमाले) सहित लगभग तिहाइको सरकार सञ्चालित छ भन्ने कुरा हेक्का रहोस् ।
स्वतन्त्रताका नाममा झुठ बोल्नु र बेइमानी गर्नु हुँदैन । परिवार, समाज र देशको हितका लागि कुनै पनि काम निर्वाधरुपमा अगाडि बढाउन पाउने हक सबैलाई छ । हाम्रा पूर्वजहरुले यस देशलाई राम्रो बनाउने सन्दर्भमा व्यहोरोको दुःख र सङ्घर्षको ध्याल गरेर हामी अगाडि बढ्नुपर्छ ।” प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रतिक्रिया