२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याएकोः प्रधानमन्त्री

सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि ती अध्यादेशहरु ल्याएको समेत जानकारी दिए ।
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याएकोः प्रधानमन्त्री

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन् । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि ती अध्यादेशहरु ल्याएको समेत जानकारी दिए । 

सरकारले हालै ल्याएको अध्यादेशको बारेमा प्रतिपक्षी दलहरुले विरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेर अध्यादेशको बारेमा प्रतिरक्षा गरेका हुन् । प्रधानमन्त्री ओलीले जारी गर्नैपर्ने भएकाले बहुतै साबधानी र मेहनताका साथ अध्यादेश सिफारिस गरिएको समेत जिकिर गरे । “सरकार टिकाउने मात्रै हाम्रो काम होइन, सरकार त आफै टिकिहाल्छ । यसलाई सफल बनाउनु र परिणाम दिनु हाम्रो मुख्य जिम्मेवारी हो ।”, प्रधानमन्त्री ओलीले भने, “यी अध्यादेश यसरुपमा आउन सक्नुले सरकारको सुशासन र विकासको प्रतिबद्धता ज्वलन्तरुपमा प्रकट भएको छ । 

राष्ट्रपति कार्यालयमा भूमीसम्बन्धी अध्यादेश अध्ययनका क्रममा रहेको मात्रै थियो, रोकिएको थिएन । यस्तै अध्यादेशको विरोध भयो भनेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबारे नक्कली विज्ञप्ति आयो । यी सबै भ्रमहरु चिरिएका छन्, प्रधानमन्त्री ओलीले भने । अध्यादेश राष्ट्रपतिबाट रोकिएको हल्ला षडयन्त्रपूर्वक चलाइयो ।, प्रधानमन्    त्री ओलीले भने । 

सरकार ढल्यो भन्नेहरुका प्रयास विशाल नदीमा बसेर छेउबाट ढुङ्गा हानेर नदी छेक्ने प्रयास मात्रै भएको प्रधानमन्त्री ओलीको टिप्पणि थियो । व्यवसायीको समेत सुझाव लिएर अध्यादेश ल्याइएको जनाउँदै अन्य विधेयकको तयारी भएको र अध्यादेसंसद् सुरु भएको पहिलो दिनमै अध्यादेश पेस गर्ने र प्रतिस्थापन विधेयक ल्याएर ६० दिनभित्र पारित गर्ने बताउनुभयो । उहाँले यथोचित समयमा संसद् आव्हान हुने पनि जनाउनुभयो । 
कार्यक्रममा अध्यादेशका विशेषता र आवश्यकताका सम्बन्धमा मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुतिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू