२३ कात्तिक २०८१, शुक्रबार
Fri, Nov 8, 2024
SUBSCRIPTION

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २२४ पुग्यो, राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

बाढी पहिरोका कारण सडक,सिंचाई, उर्जा लगायतको पूर्वाधारमा झण्डै ११ अर्बभन्दा बढीको क्षेति भएको जानकारी दिए । यस्तै देशभरका ३७ वटा राजमार्गहरु अवरुद्ध रहेकोमा ९वटा संचालनमा आएको प्रधानमन्त्री ओलीले बताए ।
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २२४ पुग्यो, राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौ । तीन दिनसम्मा परेको लगतारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परि हालसम्मा मृत्यु हुनेको संख्या २२४ पुगेको छ । २४जना अझै हराइरहेका छन् भने १५८ जना घाइते भएका छन् ।

विपत्तिपछिको उद्धार तथा राहतको बारेमा जानकारी दिन सोमबार प्रधानमन्त्री केपी ओलीले आयोजना गरेकोले पत्रकार सम्मेलनमा यस्तो जानकारीदिएको हो । सो क्रममा प्रधानमन्त्री ओलीले बाढी पहिरोबाट बाग्मत्ति र कोशी प्रदेशका २१ जिल्लाहरु प्रभािवत भएको र त्यसमध्ये काठमाडौ, ललितपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली र मकवानपुर सबैभन्दा बढी प्रभावित भएका बताए। । बाढी पहिरोका कारण सडक,सिंचाई, उर्जा लगायतको पूर्वाधारमा झण्डै ११ अर्बभन्दा बढीको क्षेति भएको जानकारी दिए । यस्तै देशभरका ३७ वटा राजमार्गहरु अवरुद्ध रहेकोमा ९वटा संचालनमा आएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आव्हान गरे । ओलीलेयो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका हुन । “यो सरकारको मात्रैहोइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ ।” प्रधानमन्त्री ओलीले भने। “कतिपय संरचनागत त्रुटीका कारणपनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।” 

 

प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमात्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे । । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित पोस्टहरू