न्यूयोर्क । न्यूयोर्कसिटीमा नेपाली समुदायले आयोजना गर्दै आएको “नेपाल डे परेड”को बारेमा लामो समयदेखि रहदै आएको विवाद अन्त्य भएको छ । विवाद अन्त्य संगै यो वर्षबाट नेपाली समुदायले एकतावद्ध भएर परेड मनाउने भएका छन् । यो वर्ष आगमी मे १७ मा “नेपाल डे परेड” आयोजना गरिएको छ ।
आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, गैर आवसीय नेपाली संघ न्यूयोर्क च्याप्टर र नेपाल डे परेड इन्कवीच शुक्रबार भएको छलफलमा यस्तो सहमति जुटेको हो । सहमति अनुसार “नेपाल डे परेड इन्क” नामक संस्थाले नेपाल डे परेड आयोजनाको अधिकार फिप्ना र एनआरएन न्यूयोर्क च्याप्टरलाई हस्तान्तरण गरेको छ ।
आदिवासी जनजाति महासंघ फिप्नाको संयोजनमा एनआरएन लगायत सबै नेपाली संस्थाहरुको सहभागितामा नेपाल डे परेड आयोजना हुँदै आएकोमा फिप्नाका पूर्व अध्यक्ष लुइसाङ वाइबाले “नेपाल डे परेड इन्क” नामक संस्था व्यक्तिगत रुपमा दर्ता गरेर एनआरएनसंग सहकार्य गरेर नेपाल डे परेड मनाउन थालेपछि विवाद शुरु भएको थियो । न्यूयोर्कसिटीको मुटु शहर म्यानहटनमा हुने यो परेड आदिवासी जनजाति समुदायले बहिष्कार घोषणा गर्दा आयोजना फितलो देखिने गरेको थियो ।
फिप्नाका अध्यक्ष तोरण गुरुङको सक्रियतामा कार्यसमिति र संघीय परिषद सदस्यहरुको सहभागितामा पूर्व अध्यक्ष वाइबासंगको विवाद अन्त्य गर्ने सहमित भएसंगै नेपाल डे परेड बारेको विवाद पनि अन्त्य भएको फिप्नाका महासविच दीपक चौधरीले जानकारी दिए ।
फिप्ना, एनआरएन र नेपाल डे परेड इन्कवीच भएको सहमति अनुसार लुइसाङ वाइबाको अध्यक्षतामा गठीत नेपाल डे परेड इन्कलाई कानूनी रुपमा नै खारेज गर्ने र परेडको आयोजना फिप्ना र एनआरएनवीचको समन्वयमा संचालन भएको छ । यसबारेमा सहमतिमा तीनवटै पक्षबाट सम्झौता पत्रमा हस्तारक्षर भएको छ । सहमति अनुसार नेपाल डे परेडलाई “नेपाल डे परेड विथ हेरिटेज” नामकरण गरिने भएको फिप्ना महासचिव चौधरीले बताउ । हस्ताक्षर समारोहपछि सहमति प्रयासमा अग्रसर सबैजनाले खुशी व्यक्त गरेका छन् ।
फिप्ना अध्यक्ष तोरन गुरुङले न्यूयोर्कमा नेपाली समुदायमा एकता प्रदर्शनको यो सहमति भएको बताए । सहमतिमा भएका बुँदाहरुलाई कार्यान्वनयको लागि फिप्ना र एनआरएनवीच सहकार्य गरेर अघि बढ्ने गुरुङले बताए ।
एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले एनआरएनले नेपाली समुदायमाझ संधै एकताको पहल गर्दै आएको बताउदै आज भएको सहमतिले नेपाल डे परेड लगायत सबै क्षेत्रमा नेपाली समुदायको एकतालाई थप मजबुत बनाउने बताए ।




प्रतिक्रिया