न्यु योर्क। ब्रङ्क्सस्थित किङ्सब्रिज क्षेत्रमा भएको “ट्रिपल सुटिङ”मा क्रिस्टोफर रेडिङ नामक वर्षका किशोरको मृत्यु भएको छ। घटनामा १५ वर्षका अर्का किशोर र १३ वर्षकी किशोरी गोली लागेर घाइते भएका छन्।
प्रहरीका अनुसार गोलीकाण्ड बुधबार साँझ ५ बजेपछि ब्रडवे र वेस्ट २३८थ स्ट्रिट नजिक भएको हो। प्रहरी पुगेपछि १६ वर्षका किशोरको पिठ्युँमा गोली लागेको अवस्थामा फेला परेका थिए। घाइते किशोर र किशोरीको दायाँ खुट्टामा गोली लागेको बताइएको छ।
तीनै जनालाई सेन्ट बार्नाबस हस्पिटल लगिएको थियो। अस्पतालमा १६ वर्षका किशोरलाई मृत घोषणा गरिएको। बाँकी दुई जनाको अवस्था स्थिर रहेको रिपोर्ट छ। एनवाइपिडीले घटनालाई ग्याङ-रिलेटेड हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएको छ। एबिसी सेभेनका अनुसार विवाद म्याकडोनाल्ड्स भित्रबाट सुरु भएर सडकमा पुगेको हुनसक्छ।
स्थानीय प्रत्यक्षदर्शीहरूले घटनास्थलमा ठूलो भीड र भागदौड भएको बताएका छन्। यसबारे थप विवरण संकलन भइरहेको छ। हालसम्म कुनै अरेस्ट भएको सार्वजनिक गरिएको छैन।




प्रतिक्रिया