१७ फागुन २०८२, आइतबार
Sun, Mar 1, 2026
SUBSCRIPTION

भर्जिनियामा नेपाली परिवारमा दर्दनाक घटना, धारिलो हतियार प्रहार गरी पत्नी र छोरीको हत्या, प्रहरी कारबाहीमा पतिको पनि मृत्यु

म्यान्टुआ क्षेत्रको पर्सिमन ड्राइभमा सोमबार बिहान यो घटना भएको प्रहरीले जनाएको छ । पत्नी र छोरीको हत्यापछि जुवाईलाई समेत आक्रमण गर्दै गर्दा प्रहरी टोली पुगेर हरियार फाल्न चेतावनी दिदा पनि नमानेपछि प्रहरीले गोली प्रहार गर्दा उनको
भर्जिनियामा नेपाली परिवारमा दर्दनाक घटना, धारिलो हतियार प्रहार गरी पत्नी र छोरीको हत्या, प्रहरी कारबाहीमा पतिको पनि मृत्यु


न्यूयोर्क । भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारमा दर्दनाक घटना हुन पुगेको छ । एक ५० वर्षिय पुरुषले धारिलो हतियार प्रयोग गरी श्रीमती र छोरीको हत्या गरेका छन् । म्यान्टुआ क्षेत्रको पर्सिमन ड्राइभमा सोमबार बिहान यो घटना भएको प्रहरीले जनाएको छ । पत्नी र छोरीको हत्यापछि जुवाईलाई समेत आक्रमण गर्दै गर्दा प्रहरी टोली पुगेर हरियार फाल्न चेतावनी दिदा पनि नमानेपछि प्रहरीले गोली प्रहार गर्दा उनको पनि मृत्यु भएको प्रहरीको भनाई उदृध गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएको छन् । 
काउन्टी प्रहरीका अनुसार अपार्टमेन्ट बाहिर कार सफा गरिरहेको समयमा भित्र एक्कासी चिच्याएको सुनेपछि जुवाईले प्रहरीलाई खबर गरी भित्र जाँदा जिभत्सा घटना देखेका थिए । भित्र जाँदा आफ्ना ससुराले श्रीमती र छोरीलाई धारिलो हतियार प्रयोग गरी रग्ताम्य बनाएको र रोक्न खोज्दा जँुवाइलाई पनि आक्रमण गरेका थिए । 
प्रहरीले घाइते सबैलाई अस्पताल लगिए पनि आमा र छोरीको मृत्यु भएको र जुवाईको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीको भनाइ छ।  फेयरफ्याक्स काउन्टी प्रहरी प्रमुख केभिन डेभिसका अनुसार प्रहरीले बारम्बार हतियार फाल्न आदेश दिएपनि नमानेपछि एक प्रहरी अधिकारीले ती पुरुषमाथि गोली चलाएका थिए । गोली लागेपछि प्रहरीले तत्काल सीपीआर दिएपनि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । जँुवाइको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
घट्नाको सूचना पाएपछि फेयरफ्याक्स काउन्टी पोलिस डिपार्टमेन्टका प्रहरी अधिकारीहरू बिहान घटनास्थल पुगेका थिए । प्रहरीको अनुसार घटनाको कारण अहिले सम्म पत्ता लाग्न सकेको छैन ।  
प्रहरीले त्यस घरमा पहिले घरेलु हिंसासम्बन्धी कुनै उजुरी नभएको बताए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। 
प्रहरीका अनुसार घरभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोट लागेको छैन। अहिले बच्चालाई बाल संरक्षण सेवाको जिम्मामा राखिएको छ। प्रहरी प्रमुखले भने, परिवारमा कस्तो समस्या थियो भन्ने अझै स्पष्ट छैन, तर यस्तो घटना अत्यन्त दुःखद र अकल्पनीय छ।

 

प्रतिक्रिया