न्युयोर्क — अमेरिकाको ३० राज्यहरुको जनजीवन प्रभावित हुने गरी आएको हिमआँधी न्यूयोर्क सिटीमा पनि शुरु भएको छ । न्यूयोर्क सिटीको पाँचै बोरोमा आइतबार बिहान ५ बजेदेखि हिउँ पर्न शुरु भएको हो । मौसम कार्यालयका अनुसार मध्यनन १२ बजेसम्म ६ इन्चसम्म हिमपात भएको छ । हिउँसंगै चिसो बढेको छ भने चिसो हावाको गति प्रतिघण्टा १५ माइल रहेको छ । शहरको तापक्रम १२ डिग्री फरेनहाइट भएपनि जिरो डिग्रीको चिसो रहेको मौसम कार्यालयको भनाई छ । सेलिसेस मापनमा यो माइनस १७ डिग्री हो । चिसोबाट बच्न स्थानीय सरकारका सबै निकायहरुले आग्रह गरेका छन् ।
नेशनल वेदर सर्भिसले न्यूयोर्क सिटीका पाँचै बरोका लागि सोमबार दिउँसो १ बजे सम्म लागू हुने विन्टर स्टोर्म वार्निङ जारी गरेको छ। मौसमविद्हरूका अनुसार यो आँधी सकिँदासम्म सहरमा ६ देखि १२ इन्च सम्म हिउँ जम्ने अनुमान गरिएको छ।
आइतबार साँझतिर हिउँसँगै असिना र पानी समेत पर्ने सम्भावना रहेको बताईको छ । यस्तो मिश्रित वर्षाले हिउँ थुप्रिने गति कम गर्न सक्ने बताइएको छ । तर यदि यो विन्ट्री मिक्स अपेक्षित समयभन्दा छोटो रह्यो वा विकसित नै भएन भने सहरले अझ बढी हिउँ अनुभव गर्न सक्ने र थप हिउँ जम्न सक्ने चेतावनी पनि दिइएको छ।
यसैबीच, मेयर जोहरान ममदानी ले आइतबार न्यूयोर्कवासीलाई यात्रा नगर्न आग्रह गरेका छन्। उनले सडक अवस्था अत्यन्त जोखिमपूर्ण हुन सक्ने भन्दै विशेषगरी भारी हिउँपातपछि साँझतिर स्लिट, हिउँ र पानी मिसिएको विन्ट्री मिक्सका कारण सडकमा चिप्लोपन बढ्ने र दुर्घटनाको खतरा रहने बताएका छन्। शहर प्रशासनले यात्राबाट जोगिन र अत्यावश्यक अवस्थामा मात्र बाहिर ननिस्कन पुनः आग्रह गरेको छ।
मौसम पूर्वानुमानअनुसार विन्ट्री मिक्स सुरु हुनुअघि न्यूयोर्क सिटीमा लामो समयसम्म प्रति घण्टा १–२ इन्च को दरले भारी हिउँ पर्न सक्ने जनाइएको छ। कहिलेकाहीँ ह्वाइटआउट अर्थात् दृश्यता झन्डै शून्य हुन सक्ने अवस्था पनि आउन सक्छ। यस्तो समयमा यात्रा अत्यन्त खतरनाक हुने भएकाले अनावश्यक आवत–जावत नगर्न ल्ध्क् ले कडाइका साथ चेतावनी दिएको छ। साथै, सार्वजनिक यातायात सेवा प्रभावित हुन सक्ने र यसको असर सोमबारसम्म रहन सक्ने अनुमान गरिएको छ।
आँधीको प्रभाव न्यूयोर्क सिटीभर फैलिने संकेत देखिएपछि शहरले तयारीलाई तीव्र बनाएको जनाएको छ। शहर प्रशासनका अनुसार उनीहरूले मौसम निकायसँग नजिकबाट समन्वय गर्दै आँधीका लागि आवश्यक कदमहरू अघि बढाएका छन्। डिपार्टमेन्ट अफ स्यानिटेसन ले प्रमुख सडकहरूमा हिउँ र बरफ जम्न नदिन पहिले नै नुन मिसिएको मिश्रण (ब्राइन) छर्किएको छ। यससँगै सहरले आफ्ना प्लो (हिउँ हटाउने सवारी) र साल्ट स्प्रेडर को फौज तयारी अवस्थामा राखेको छ, जसले आँधीका बेला सडकहरू खुला राख्ने प्रयास गर्नेछ।




प्रतिक्रिया