न्यू योर्क। न्यू योर्क सहरका प्रमुख अस्पतालहरूमा कार्यरत करिब १५ हजार नर्स हड्तालमा उत्रिएका छन्। उनीहरू सोमबार (जनवरी १२) देखि हड्तालमा उत्रिएका हुन। यसबाट माउन्ट साइनाइ, माउन्ट साइनाइ मोर्निङसाइड, माउन्ट साइनाइ वेस्ट, मोन्टेफियोर मेडिकल सेन्टर, र न्यूयोर्क–प्रेस्बिटेरियन/कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टर लगायतका सेवा प्रभावित बनेको छ।
हड्तालको नेतृत्व गरिरहेको न्यू योर्क स्टेट नर्सेस एसोसिएसन (एनवाईएसएनए) ले वार्तामा सहमति नजुटेपछि “अनफेयर लेबर प्र्याक्टिस” स्ट्राइक घोषणा गरेको बताएको छ। संघका अनुसार मुख्य अड्किएको विषयहरू सेफ स्टाफिङ (पर्याप्त नर्स–पेसियन्ट व्यवस्था), हेल्थकेयर बेनिफिट कटौती नगर्ने ग्यारेन्टी, र वर्कप्लेस भायलेन्स (कार्यस्थल हिंसा) विरुद्ध कडा सुरक्षा/प्रोटोकल हुन्।
नर्स पक्षले लामो समयदेखि स्टाफ कमिका कारण अत्यधिक कामको भार, बिरामी हेरचाहमा जोखिम, र अस्पतालभित्रका हिंसात्मक घटनाबाट असुरक्षा बढेको दाबी गरेको छ। केही रिपोर्टमा विवादका बुँदामा टेक्नोलोजी/एआई प्रयोगको तरिका पनि परेको उल्लेख छ।
अर्कोतर्फ अस्पताल प्रशासनले सेवा निरन्तर राख्न अस्थायी नर्स ल्याइएको र आकस्मिक योजनाअनुसार सञ्चालन गरिने बताएको छ। मोन्टेफियोरले संघका मागहरूलाई “आर्थिक रूपमा असम्भव” भन्दै ४०% तलब वृद्धि जस्ता मागहरू उल्लेख गरेको छ। उता, माउन्ट साइनाइले पनि संघले “अत्यधिक आर्थिक माग” राखेको आरोप लगाएको छ।
केही रिपोर्टअनुसार माउन्ट साइनाइ ले १ हजारभन्दा बढी अस्थायी नर्स भित्र्याएको र हड्ताल सामनाको तयारी गरेको उल्लेख छ। संघले भने अस्पतालहरूले हड्ताल तोड्न अस्थायी नर्समा ठूलो रकम खर्च गरिरहेको दाबी गर्दै “त्यही पैसा स्थायी स्टाफिङ र सुरक्षामा लगाउन सकिन्थ्यो” भनेको छ।
हड्तालका कारण सेवामा असर पर्न सक्ने सार्वजनिक रूपमा चेतावनी दिइएको छ। विशेषगरी नन–अर्जेन्ट/इलेक्टिभ प्रोसीजर (पहिलेबाट तय भएका केही शल्यक्रिया/प्रक्रिया) स्थगित वा रद्द हुन सक्ने, र अवस्थाअनुसार केही बिरामी ट्रान्सफर हुन सक्ने उल्लेख छ। यो घटना कडा फ्लु सिजन बीचमा भएकोले दबाब थपिने जोखिम पनि औँल्याइएको छ।
हड्तालका कारण हुने हेल्थकेयर स्टाफिङ सर्टेज जोखिम देखाउँदै गभर्नर क्याथी होचुल ले एक्जिक्युटिभ अर्डर मार्फत ब्रङ्क्स, नासा, न्यू योर्क (काउन्टी) र आसपासका क्षेत्रमा डिजास्टर इमर्जेन्सी घोषणा गरेकी छन्। आदेशमा “इमिनेन्ट नर्सिङ स्ट्राइकका कारण अस्पतालहरूमा गम्भीर स्टाफिङ कमी हुने” उल्लेख छ। हड्ताल कहिलेसम्म चल्छ भन्ने निश्चित छैन। दुवै पक्षले वार्ता जारी रहेको बताए पनि सोमबारसम्म सहमति नजुट्दा सहरका ठूला अस्पतालमा तनाव अझ चर्किएको छ।




प्रतिक्रिया