न्यू योर्क। न्यूयोर्क सिटीले पिनाकल ग्रुपका हजारौँ “रेन्ट–स्टेबिलाइज्ड अपार्टमेन्ट” च्याप्टर ११ ब्यान्क्रप्सी प्रक्रियामार्फत बेच्ने तयारीलाई रोक्न वा ढिलाइ गर्न संघीय अदालतमा आवेदन गरेको छ। मेयर जोहरान माम्दानीले पिनाकलको केही भवनमा भाडावालले भोग्दै आएका खराब अवस्थाबारे सार्वजनिक रूपमा कडा असन्तोष व्यक्त गरेलगत्तै सिटीले प्रस्तावित खरिदकर्ता र सम्भावित विकल्पहरू गहिरिएर मूल्यांकन गर्न थप समय चाहिएको भन्दै जनवरी ८, २०२६ का लागि तय भएको लिलाम बिक्री स्थगित गर्न ब्यान्क्रप्सी जजसमक्ष अनुरोध गरेको हो।
बिक्री प्रक्रियामा समिट प्रपर्टिज युएसएसँग आबद्ध समिट गोल्डलाई स्टकिङ होर्स बिडर (आधारभूत खरिदकर्ता) बनाइएको छ। समिटको प्रस्तावले करिब ४५१.३ मिलियन को “फ्लोर प्राइस” तय गर्छ। लीलाममा अरूले बढी रकम प्रस्ताव गरे अन्तिम खरिदकर्ता बदलिन सक्छ।
कागजात र रिपोर्टअनुसार पिनाकल ग्रुपको लिलाम बिक्री गर्न खोजिएको प्रोपर्टीमा ब्रुकलिन, म्यानहटन, क्विन्स र द ब्रङ्क्स मा ५ हजार १ सयभन्दा बढि युनिट छन्। ती मध्य धेरैजसो युनिट रेन्ट–स्टेबिलाइज्ड हुन्।
सिटीको मुख्य चिन्ता भनेको “नयाँ खरिदकर्ताले भवन किन्ने कम्पनीसँग भाडावालको जीवनस्तर सुधार्ने गरी आवश्यक मर्मत–सम्भार, सुधारकार्य र व्यवस्थापन निरन्तर गर्न पर्याप्त आर्थिक क्षमता र ठोस योजना छ कि छैन?” भन्ने हो। सिटीका अनुसार खरिदकर्तासँग स्रोत र प्रतिबद्धता कमजोर भयो भने समस्या झन् बिग्रिन सक्छ र आपतकालीन मर्मतको बोझ अन्ततः सिटीमै पर्न सक्ने जोखिम रहन्छ।
सिटीले अर्को महत्त्वपूर्ण तर्क पनि अघि सारेको छ। त्यो भनेको यी भवनहरू ब्यान्क्रप्सीमार्फत बेचिँदा पनि सरकारी दायित्व, विशेषतः हाउजिङ/बिल्डिङ कोड भायोलेसन सुधार्ने जिम्मेवारीबाट ती भवनहरू उन्मुक्ति मुक्त हुँदैनन्। ब्लुमबर्गले उल्लङ्घन सच्याउने दायित्व हटाएर सम्पत्ति हस्तान्तरण गर्नु जनहित र कानुनी मर्मविपरीत हुने तर्क गरेको छ। सिटीका अनुसार यी भवनले ५ हजारभन्दा बढि उल्ल्ङ्घन गरेका छन भने भाडावालाहरूको १४ हजारभन्दा बढि गुनासो छ। त्यसवापत सिटीले पिनाकलबाट १२.७ मिलियन डलर उठाउनु बाँकि छ।
रिपोर्टहरूका अनुसारपिनाकलको यी भवनहरूसँग जोडिएको बैंक ऋण ५६७ मिलियन डलरभन्दा बढी छ। ऋणदाताको दबाब र फोरक्लोजर प्रक्रियाको जोखिम बढ्दै जाँदा पोर्टफोलियो ब्यान्क्रप्सीमा पुगेको विवरण पनि उल्लेख छ।





प्रतिक्रिया