न्युयोर्क —आउने मे १८ मा न्युयोर्कको म्यानह्याट्टनमा हुने नेपाल डे परेड २०२५ स्टीयरिङ कमिटीको बैठकले विभिन्न समिति बनाई कार्यविभाजन गरेको छ । न्युयोर्कका स्पाइसी नेपाल रेष्टुरेन्टमा सम्पन्न बैठकले परेड व्यवस्थापन, मञ्चको व्यवस्थापन, सांस्कृतिक झाँकी, अतिथि सत्कार, ट्रक व्यवस्थापन लगायत विभिन्न समितिको कार्यविभाजन गरेको हो । नेपाल डे परेड २०२५ को सञ्चालक समिति अध्यक्ष छिरिङ शेर्पा, कन्भेनर मनिता गुरुङ, आर्थिक संयोजक कृष्ण आचार्यसहित सल्लाहकार, संयोजक र स्वयंसेवकहरू सहभागी भएका थिए।
बैठकमा परेडको तयारीका लागि विभिन्न समिति बनाई कार्यविभाजन गरिएको आयोजकले जनाएको छ । नेपाल परेड डे का पूर्व कन्भेनर टक रुवालीले २ सय साना, १ सय मध्यम र १० वटा ठूला नेपाली झण्डा प्रायोजन गर्ने जानकार दिए ।
अध्यक्ष छिरिङ शेर्पाले बैठकमा सबैलाई स्वागत गर्दै नेपाल डे परेड २०२५ लाई सम्पूर्ण नेपाली समुदायको गौरवमय चाडको रूपमा स्थापित गर्न सबैको साथ र सहकार्यको अपेक्षा रहेको बताए।
बैठकमा सहभागीहरूले परेडको तयारीलाई तीव्र पार्दै परेड डे लाई भव्य, आकर्षक र ऐतिहासिक बनाउन प्रतिबद्धता जनाएका छन् ।
म्यानह्याट्टनमा आयोजना हुने परेड डे को लागि निम्न समिति बनाई कार्य विभाजन गरिएको छ ।






प्रतिक्रिया