न्यू योर्क। डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) माथि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘टेकओभर’ तत्कालका लागि हटेको छ। यो मुद्दाको टुङ्गो नलागेसम्म डिसी माथिको नियन्त्रण छाड्न ट्रम्प प्रशासनले शुक्रबार अदालतमा सहमति जनाएको छ।
राष्ट्रपति ट्रम्पले अगस्ट अपराध र अस्थिरता बढेको, सार्वजनिक सुरक्षा कम भएको र आप्रवासनसम्बन्धी कानूनमा सहकार्य बढाउन आवश्यक भन्दै १४, २०२५ डीसीमा सङ्कटकाल घोषणा गरेका थिए। सोही साँझ युएस अटर्नी जनरल पाम बन्डाइले डीसीको मेट्रोपोलिटन पुलिस डिपार्टमेन्ट (एमपीडी) कमिस्नर पामेला स्मिथलाई बिस्थापन गरि ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डीईए) प्रशासक टेरी कोललाई डीसीको इमर्जेन्सी पुलिस कमिस्नर घोषणा गरेकी थिइन्। यससँगै डीसी सङ्घीय सरकारको नियन्त्रणमा पुगेको थियो।
ट्रम्प प्रशासनको यस्तो कदमविरुद्ध डीसी शुक्रबार अदालतमा गएको थियो। अदालतमा डीसी अटर्नी जनरल ब्रायन श्वाल्बले ट्रम्प प्रशासनको कदमबाट होम रुल एक्ट उल्लङ्घन भएको दाबी गरेका थिए। अदालतले अस्थायी निषेधाज्ञा जारी गर्ने सकेत गरेपछि ट्रम्प प्रशासन यो मुद्दाको छिनोफानो नभएसम्म आफ्नो कदम फिर्ता लिने सहमति जनाएको हो। यससँगै डीसीमाथि सङ्घीय सरकारको नियन्त्रण तत्कालका लागि हटेको छ। पुलिस प्रमुख पामेला स्मिथ पुर्नवहाली भएकी छन्।
शुक्रबारै भएको सहमति पछि कोलले एमपीडीलाई निर्देशन दिन पाउँदैनन्। उनी आपतकालीन अवस्थामा सहयोगको “अनुरोध” मात्र गर्न सक्छन्। ट्रम्प प्रशासनले आप्रवासी नीति कार्यान्वयनमा डीसीको आप्रवासी बचाउ गर्ने 'स्याङ्चुअरी' नीति बाधक भएपछि डीसी नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया