०७ चैत २०८२, शनिबार
Sat, Mar 21, 2026
SUBSCRIPTION

आप्रवासी निस्कासन गर्न ट्रम्पको व्यापक तयारी, धरपक्कड शिकागोबाट सुरु हुने

आप्रवासी निस्कासन गर्न ट्रम्पको व्यापक तयारी, धरपक्कड शिकागोबाट सुरु हुने

न्यू योर्क। अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो पद ग्रहण लगत्तै ठूलो संख्यामा आप्रवासीहरूलाई देशबाट निष्कासन (मास डिपोर्टेसन) गर्ने विस्तृत योजना बनाएका छन्। यो योजनामा मुख्यतःस्यान्क्चुअरी सिटीभनिने ठाउँहरूमा व्यापक आप्रवासी छापा समावेश , जसमा पहिलो लक्ष्य शिकागो रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ। 

पद ग्रहणको भोलिपल्ट मंगलबारदेखि, इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले शिकागोमा एक सयदेखि दुई सय अधिकारीहरू तैनाथ गरेर अपराधीक रेकर्ड भएका आप्रवासीहरूलाई गिरफ्तार गर्ने योजना छ। यसमा सानातिना अपराधमा संलग्न आप्रवासीहरू पनि पर्नेछन्। छापा मार्ने क्रममा अन्य कागजातविहीन आप्रवासीहरू फेला परे, तिनीहरूलाई पनि पक्राउ गरिने अपेक्षा गरिएको छ।

 

ट्रम्प प्रशासनले आप्रवासीको मास डिपोर्टेसन अभियानलाई न्यूयोर्क, लस एन्जलस, डेन्भर मियामीजस्ता ठूलो संख्यामा आप्रवासी जनसंख्या भएका ठूला सहरहरूमा विस्तार गर्ने योजना बनाएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ। यो कार्यलाई सहज बनाउन स्थानीय निकायहरूलाई सहकार्यका लागि प्रोत्साहित गर्न दण्ड तथा पुरस्कारजस्ता उपायहरूमा समेत गृहकार्य भइरहेको छ। ट्रम्पका सहयोगीहरुले मास डिपोर्टेसन अभियानमा सहयोग नगर्नेस्यान्क्चुअरी सिटीलाई बजेट नदिने भन्ने धम्की दिइरहेका छन्।

 

राष्ट्रपति निर्वाचित ट्रम्पले आप्रवासन नियन्त्रणका लागि आपतकालीन अधिकारको प्रयोग गर्दै सैन्य बललाई पनि परिचालन गर्ने योजना बनाएको एटलान्टिकले उल्लेख गरेको छ। यस योजनामाइन्सरेक्शन एक्ट’, ‘नेशनल इमरजेन्सी एक्ट’, एलियन इनिमीज एक्टको प्रयोग गरिने सम्भावना छ। यी आपतकालीन कानून परिचालित भए सेना परिचालन हुनेछ। 

 

ट्रम्पको मास डिपोर्टेनस अभियानको कारण ठूलो संख्यामा आप्रवासीहरूलाई देश निकाला गरिने अपेक्षा गर्दै मेक्सिकोले उनीहरूको व्यवस्थापनका तयारी गरिरहेको फाइनान्सियल टाइम्सले जनाएको छ। त्यसअनुसार टिजुआना सहरले संकटकाल घोषणा गरेको भने मेक्सिको सरकारले २५ ओटा आश्रयस्थल निर्माण गरिरहेको छ। ती प्रत्येक आश्रयस्थलमा ,५०० जनासम्मलाई राख्न सकिने बताइएको छ। 

 

 

 

 

प्रतिक्रिया