१० भदौ २०८३, बुधबार
Wed, Aug 26, 2026
SUBSCRIPTION

भोटेकोशी विनाशकारी बाढी : १५७ जनाको शव फेला

भोटेकोशी विनाशकारी बाढी : १५७ जनाको शव फेला

काडमाण्डौ। रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी बाढीले बगाउँदा १५७ जनाको मृतयु भएको छ । बाढीबाट १५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । हराइरहेकाहरुको खोजी तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।नेपाल प्रहरीका अनुसार चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२ जनाकोशव फेला परेको हो । त्यस्तै, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९, र रसुवामा ३ जना गरी १ सय ५७ जनाको शव फेला परेको प्रहरीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । विभिनन अस्पतालहरुमा ४१ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।  उद्दारका लागि ३३१८ जना प्रहरी परिचालित गरिएको छ । २८ जना प्रहरी कर्मचारीहरुका समेत सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ । सैयौं नागरिक बेपत्ता भएका छन् भने हजारौं घरबारविहिन भएका छन् । बाढीका कारण घाइते भएका तथा जोखिममा परेका नागरिकहरुको भोली बिहनै देखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने प्रभानमन्त्री कार्यलयले जनाएको छ ।  बाढीबाट प्रभावितहरुको लागि बिहानैदेखि प्रहरी र सेना परिचालन गरिएको थियो ।बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप तथा राहत उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

प्रतिक्रिया