न्यू योर्क। आसन्न निर्वाचनलाई उपराष्ट्रपतिका उमेद्वार जे डी भ्यान्स र टिम वाल्सबीच सौम्य शैलीमा पेचिलो वहश भएको छ। दुवै उमेद्वारले अर्थतन्त्र, आप्रवासन, राष्ट्रिय सुरक्षा, स्वास्थ सेवा, सामाजिक सेवा तथा गर्भपतनका विषयमा पेचिला तर्क राखेका छन्।
देशको अर्थतन्त्र वृद्धिमा सहमत देखिएका दुवै उमेद्वारे त्यसका लागि अपनाउनु पर्ने नीतिमा गम्भीर असहमति जनाए। आयातित सामानमा २० प्रतिशत भन्सार लगाउने पूर्व दुवै उमेद्वारले अर्थतन्त्र, आप्रवासन, राष्ट्रिय सुरक्षा, स्वास्थ सेवा, सामाजिक सेवा तथा गर्भपतनका विषयमा पेचिला तर्क राखेका छन्। डोनाल्ड ट्रम्पको आर्थिक नीतिले देशमा महंगी बढाउने तर्क वाल्सले राखे। भ्यान्सले महंगी बढाएको, आधारभूत सामाग्रीको मुल्य वृद्धिले मध्यम वर्गलाई समस्यामा पारेको भन्दै बाइडेन प्रशासनको आर्थिक नीतिको विरोध गरे।
भ्यान्स सिनेटर हुन् भने वाल्स ओहायोका गभर्नर हुन्। वाल्सले ट्रम्पको आर्थिक नीतिका कारण महंगी बढेको र बाइडेन प्रशासनले त्यसलाई नियन्त्रण गरिरहेको तर्क राखे। उनले ट्रम्पको कर छुटले धनीलाई फाइदा हुने, गरिब मर्कामा पर्ने बताए।
भ्यान्सले राष्ट्रपतिका उमेद्वार कमला ह्यारिसले सीमा खोलिदिएर अपराधी भित्र्याएको र त्यसले अमेरिकामा अपराध बढेको बताए। ९० प्रतिशत हतियार खुला सीमाबाट भित्रिएको छ जसबाट बंदुक हिंसा भइरहेको छ, उनले भने। वाल्सले सीमा नियन्त्रण गरेर वैधानिक रुपमा आप्रवासीलाई भित्र्याउन सहयोग पुयाउने आफ्नो विधेयक रिपब्लिकनहरुले कंग्रेसबाट पारित हुन रोकेर समस्या खडा गरेको आरोप लगाए। उनले अन्तरसीमा अपराध रोक्न पूर्व कानून ब्यबसायीका रुपमा ह्यारिसले ठूलो भूमिका खेलेको दाबी गरे।
मध्यपूर्वमा भइरहेको तनावलाई लिएर भ्यान्सले इजरायललाई आफ्नो सुरक्षा गर्ने अधिकार भएको तर्क राखे। वाल्सले भने ट्रम्को कुटनीतिक असफलतासँग मध्यपूर्वको तनावलाई जोडे। गर्भपनका विषयमा वाल्सले महिलाका बारेमा निर्णय गर्ने अधिकार महिलालाई नै भएको तर्क गरे। भ्यान्सले भने निर्दोष बालबालिका जोगाउनुपर्छ भन्ने आफ्नो तर्क गलत नरहेको बताए।
२०२० को चुनावी परिणामविरुद्ध जनवरी ६ मा भएको घटना, युक्रेन र रसियाबीचको युद्ध, प्रजनन अधिकार, र ट्रम्प प्रशासनको विदेश नीति लगायतका विषयमा भ्यान्स रक्षात्मक देखिए। तर, उनले ट्रम्प प्रशासनको आर्थिक नीतिको कडा बचाउ गरे। वाल्स ओहायोका गभर्नर हुन भने भ्यान्स सिनेटर हुन्। तथ्य र तर्कमा धेरै जसो समय वाल्स हावी देखिए पनि भ्यान्स कमजोर देखिएनन्। अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा जनमत प्रभावित पार्न भुमिका खेल्ने भएकाले यो वहशलाई महत्वका साथ हेरिएको छ।
प्रतिक्रिया