२३ कात्तिक २०८१, शुक्रबार
Fri, Nov 8, 2024
SUBSCRIPTION

अमेरिकी उपराष्ट्रपतिको बहस साँझ ९ बजेदेखि

वहशमा व्यक्त विचार तथा कुन उमेद्वारमाथि को हावी भयो भन्ने कुराले चुनावी मत प्रभाव पार्ने भएकाले उपराष्ट्रपतीय वहशलाई अमेरिकी निर्वाचनमा महत्वका साथ हेरिन्छ।
अमेरिकी उपराष्ट्रपतिको बहस साँझ ९ बजेदेखि

फोटो स्रोतः आर्टिफिसियल इन्टेलिजेन्स ओपन आर्टले तयार पारेको काल्पनिक फोटो 

न्यू योर्क। अमेरिकी उपराष्ट्रपतिको चुनावी वहश आज साँझ ९ बजेदेखि न्यू योर्क सिटीको सिबिएस स्टुडियोमा हुँदैछ। वहशमा डेमक्र्याटिक उमेद्वार टिम वाल्स्ज र रिपब्लिकन उमेद्वार जेडी भ्यान्सले विभिन्न मुद्धामा आफ्नो र पार्टीको नीतिको प्रतिवाद गर्नेछन्।

राष्ट्पतिको चुनावी वहशको करिब तीन सातापछि उपराष्ट्रपति चुनावी वहश हुन लागेको हो। उपराष्ट्रपतिको चुनावी बहस राष्ट्रपति चुनावको प्रमुख विषयमाथि स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न महत्त्वपूर्ण मञ्च हो। सन् २०२४ को बहसमा उपराष्ट्रपतिका उम्मेदवारहरूले मुख्य रुपमा आप्रवासन, अर्थतन्त्र, विदेश नीति, जलवायु परिवर्तन, र सामाजिक न्याय जस्ता मुद्दाहरूमा आफ्ना विचार व्यक्त गर्छन्।

वाल्स्ज मिनेसोटाका गभर्नर हुन भने भ्यान्स ओहायोलाई प्रतिनिधित्व गर्ने सिनेटर हुन्। वहशमा व्यक्त विचार तथा कुन उमेद्वारमाथि को हावी भयो भन्ने कुराले चुनावी मत प्रभाव पार्ने भएकाले उपराष्ट्रपतीय वहशलाई अमेरिकी निर्वाचनमा महत्वका साथ हेरिन्छ। वहशका लागि दुवै उमेद्वारले कडा गृहकार्य गरिरहेको सञ्चार माध्यमहरुले जनाएका छन्। यो वहशमा राष्ट्रपतीय वहशमा जस्तो पालो मिचेर बोल्दा माइक म्युट गरिने छैन। तर, वहश कार्यक्रम सञ्चालकहरुले वहशको अनावश्यक ठानिएको खण्ड प्रसारण हुनबाट रोक्न सक्छन्।

 

 

 

 

 

 

प्रतिक्रिया