०९ वैशाख २०८२, मङ्गलबार
Tue, Apr 22, 2025
SUBSCRIPTION

सत्तरी प्रतिशत न्यूयोर्कबासी मेयर आडम्सले राजीनामा दिनुपर्ने पक्षमाः प्रतिबेदन

न्यूयोर्कसिटीका १ हजार ७३ जनामा गरेको अध्ययनका क्रममा ६९ प्रतिशत उत्तरदाताहरुले एडम्सले तत्काल राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
सत्तरी प्रतिशत न्यूयोर्कबासी मेयर आडम्सले राजीनामा दिनुपर्ने पक्षमाः प्रतिबेदन

न्यूयोर्क । झण्डै सत्तरी प्रतिशत न्यूयोर्कसिटीबासीले भ्रष्टचारको अभियोग लागेका न्यूयोर्क सिटीका मेयर यरिक आडम्सले राजीनामा दिनुपर्ने बताएका छन् । एडम्सलाई भ्रष्टचारको अभियोग लागेपछि न्यूयोर्कसिटीमा भएको एक अध्ययनका क्रममा न्यूयोर्कवासीहरुले आडम्सले कानून उलंघन गरेको र आफ्नो जिम्मेवारी राम्रोसंग ननिभएको देखिएकोले अभियोगको किनारा नलागेसम्मा राजीनामा दिनुपर्ने बताएका हुन् । 

म्यारिष्ट इन्स्टिच्युट फर पब्लिक ओपेनियन नामक संस्थाले न्यूयोर्कसिटीका १ हजार ७३ जनामा गरेको अध्ययनका क्रममा ६९ प्रतिशत उत्तरदाताहरुले आडम्सले तत्काल राजीनामा दिनुपर्ने प्रतिक्रिया दिएका छन् । तीन प्रतिशतले मात्र मेयर एडम्सले राजीनामा दिनुनपर्ने बताएका छन् । यसैगरी ७१ प्रतिशत डेमोक्रेटिक उत्तरदाताहरुले समेत मेयर आडम्सले राजीनामा दिनुपर्ने बताएका छन् । अझ ५९ प्रतिशत अफ्रिकन अमेरिकन उत्तरदाताले समेत राजीनामा दिने पक्षमा आफ्नो मत जाहेर गरेका छन् । 

एडम्सविरुद्ध सार्वजानिक पदको दुरुपयोग गर्दै घुस लिएको र चुनावी अभियानका क्रममा अवैधरुपमा विदेशी चन्द लिएको संघीय अपराध अनुसन्धान व्युरोले एकसाताअघि लगाएको थियो । अमेरिकन महान्याधिवक्ता कार्यालयले चुनाबी अभियानका क्रममा टर्किस नागरिक र संस्थाबाट झण्डै १० मिलियन डलर अबैध रकम लिएको, आफ्नो पदको दुरुपयोग गर्दै टर्किस संस्थाको आर्थिक सहयोग लिएर टर्कि, भारत, चीन लगायतका देशहरुमा विलासीपूर्ण भ्रमण गरेको अभियोग छ । यो अभियोगपछि मेयर आडम्सले दुईपटक अदालतमा बयान दिइसकेका छन् । आफु निर्दोष रहेको दावी गर्दै कानूनी लडाई लड्ने बताउदै आएका छन् । 

मेयरआडम्सले आफुमाथि लागेका अभियोगहरु झुटा रहेको दावी गर्दै आएपनि अदालतले अभियोग छिनोफानो नगरेसम्म राजीनामा दिनुपर्ने दवाव भने बढ्दै गएको छ । आफ्नै सहकर्मीहरुबाट समेत राजीनामाको सुझाब आइरहेको बेला एक स्वतन्त्र संस्थाले गरेको अध्ययनका क्रममा समेत राजीनामाको जनमत सार्वजानिक भएपछि मेयरमाथि थप दवाव बढेको अनुमान गरिएको छ । 

न्यूयोर्कसिटीका पाँचवटै बोरोहरुमा गरेको अध्ययनमा मेयर एडम्सले राजीनामा नदिएमा गभर्नरले आफ्नो अधिकार प्रयोग गरेर पदबाट हटाउनु पर्ने ६३ प्रतिशतले सुझाब दिएका छन् । 

 

प्रतिक्रिया