१७ फागुन २०८२, आइतबार
Sun, Mar 1, 2026
SUBSCRIPTION

ट्रम्प उल्लेख भएका एपस्टिन फाइलहरू डीओजेले रोक्यो: एनपीआर रिपोर्ट

ट्रम्प उल्लेख भएका एपस्टिन फाइलहरू डीओजेले रोक्यो: एनपीआर रिपोर्ट

न्यू योर्क्। डिपार्टमेन्ट अफ जस्टिस (डीओजे) ले “एपस्टिन फाइल्स” बाट राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित केही कागजातहरू सार्वजनिक हुनबाट “रोकेको” वा सार्वजनिक संग्रहबाट “हटाएको” रिपोर्ट एनपीआर र अन्य मिडियाले सार्वजनिक गरेका छन। 

रिपोर्टमा सार्वजनिक नगरिएका केही फाइलमा राष्ट्रपति डोनाल्ड ट्रम्प सम्बन्धी आरोप/उल्लेख पनि समेटिएको भनिएको छ। रिपोर्टको मुख्य विषय फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) इन्टरभ्यू रिपोर्ट्स र एजेन्ट नोट्समा देखिएको “ग्याप” बनाइएको छ। एबीसी न्युजले हाउस ओभरसाइट डेमोक्र्याट्सको भनाइ उद्धृत गर्दै लेखेअनुसार, डीओजे भित्रको “अनरेड्याक्टेड एभिडेन्स लग/इन्डेक्स” मा देखिने कागजातहरूको सूची र डीओजेको सार्वजनिक “एपस्टिन आर्काइभ” मा उपलब्ध कागजातहरूबीच मेल खाँदैन। उनीहरूका अनुसार, सूचीमा उल्लेख भएका कागजातमध्ये केही सार्वजनिक गरिएको कागजातमा भेटिँदैन। त्यहि भएर ती कागजात “रोकिएको” वा “हटाइएको” आशंका गरिएको हो।

एबीसी न्युजको रिपोर्टअनुसार, घिस्लेन म्याक्सवेल मुद्दाको “एभिडेन्स मटेरियल्स इन्डेक्स”मा एक विट्नेस (साक्षी) सँग एफबीआईले चार पटक अन्तर्वार्ता लिएको देखिए पनि डीओजे एउटा मात्र अन्तर्वार्ता सार्वजनिक गरेको छ। यस आधारमा रिपोर्टहरूमा एफबीआई केही पाना/फाइलहरू छुटेका वा समावेश नगरिएका हुनसक्ने तर्क गरिएको छ।

त्यही रिपोर्टमा “डकुमेन्ट-नम्बर सिक्वेन्सिङ” वा सिरियल नम्बरिङमा देखिएको खाली ठाउँले दर्जनौँ पृष्ठ कागजात हराएको/छुटेको संकेत गर्ने दाबी पनि गरिएको छ। त्यस्ता पृष्ठहरूको संख्या जोड्दा ५० पृष्ठ भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ।

यो विषयमा हाउस ओभरसाइट डेमोक्र्याट्सले डीओजेले कानुनअनुसार सार्वजनिक गर्नुपर्ने सामग्री रोकेको हुनसक्ने भन्दै छानबिनको घोषणा गरेको छ। उनीहरूको भनाइ अनुसार, डीओजेले कानूनले मागेको पारदर्शिताको दायित्व पूरा नगरेको हो कि भन्ने प्रश्न उठेको छ।

उता डीओजेले भने राजनीतिक कारणले कागजात लुकाएको आरोप अस्वीकार गरेको छ। डीओजे का अनुसार, केही सामग्री डुप्लिकेट्स, प्रिभिलेज्ड मटेरियल, वा अन्गोइङ फेडरल इनभेस्टिगेसन सँग सम्बन्धित भएकाले नियमअनुसार सार्वजनिक नगरिएको हुनसक्छ।

 

 

प्रतिक्रिया