न्यू योर्क। एफबीआई एजेन्टहरूले एउटा ‘स्टिङ अपरेशन’ मा आईस पूर्व प्रमुख तथा ह्वाइट हाउसका ‘बोर्डर जार’ टम होम्यानलाई ५० हजार डलर नगद लिँदै गरेको रेकर्ड गरेको सार्वजनिक भएको छ।
होम्यानले गत वर्ष सेप्टेम्बर मा गोप्य रूपमा खटिएका एफबीआई एजेन्टहरूसँग उक्त रकम डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएपछि आप्रवासनसम्बन्धी ठेक्कामा सहयोग गरिदिने वाचा गर्दै लिएको दाबीसँग जोडिएकोछ।डिपार्ट्मेन्ट अफ जस्टिसले २०२४ को अन्त्यतिर घूससम्बन्धी छानबिन सुरु गरेर प्रारम्भिक ग्रान्ड जुरी चरणसम्म लैजाने तयारी गरेको बताइन्छ। तर २०२५ मा ट्रम्प सत्तामा आएपछि विभागका शीर्ष अधिकारीहरूले ‘अभियोग चलाउन पर्याप्त प्रमाण नभएको’ भन्दै छानबिन बन्द गरेको सन्चारमाध्यमहरूले जनाएका छन।
होम्यान त्यतिबेला सार्वजनिक पदमा नभएकले तथा सर्वोच्च अदालतका पछिल्ला मापदण्डले यस्तो अवस्थामा मुद्दा चलाउन कठिन बनाएको पनि अधिकारीहरूले उल्लेख गरेका छन्। होम्यानले गलत काम नगरेको दाबी गरेका छन्। उनीमाथि कुनै आरोप लगाइएको छैन।
यता केही सांसद र आलोचक समूहहरूले रेकर्डिङ र सम्बन्धित कागजातहरू सार्वजनिक गर्न माग गरेका छन। तर न्याय विभागले मामिला टुंगिएको भन्दै त्यस्तो माग अस्वीकार गरिदिएको छ।
टेप भएको दाबी र मुद्दा बन्द गर्ने निर्णयले संघीय ठेक्का र आचारसंहितामा जवाफदेहिताबारे राजनीतिक बहस चर्काएको छ। अब मुख्य प्रश्न भनेको रेकर्डिङ सार्वजनिक हुन्छ कि हुँदैन र स्वतन्त्र समीक्षा हुन्छ कि हुँदैन भन्ने हो।






प्रतिक्रिया