०८ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 21, 2026
SUBSCRIPTION

आप्रवासी हटाउने छलफल गर्न आडम्स र ट्रम्पका ‘बोर्डर जार’ होम्यानबीच भेट, विरोधमा प्रदर्शन (भिडियो सहित)

आप्रवासी हटाउने योजना बनाउन आडम्सले सिटी हलमा होम्यानलाई भेटेका हुन्।
आप्रवासी हटाउने छलफल गर्न आडम्स र ट्रम्पका ‘बोर्डर जार’ होम्यानबीच भेट, विरोधमा प्रदर्शन (भिडियो सहित)

न्यू योर्क। मेयर एरिक आडम्सले डोनाल्ड ट्रम्प नियुक्त ‘बोर्डर जार’ टम होम्यानसँग भेट गरेका छन्। आप्रवासन र ‘अपराधिक पृष्ठभूमी’ भएका आप्रवासी हटाउने योजना बनाउन उनले सिटी हलमा होम्यानलाई भेटेका हुन्। भेट डिसेम्बर १२ अपरान्ह १ बजे तय भएपनि  ‘बोर्डर जार’ होम्यान केही अघि नै सिटी हल पुगेका थिए।

ट्रम्पको ‘मास डिपोर्टेसन’ लागू गर्ने सार्बजनिक अभिव्यक्ति दिँदै आएका होम्यानसँगको भेटको पूर्वसन्ध्यामा आप्रवासी र उनीहरुसम्बद्ध संघसंस्थाले विरोध प्रदर्शन गरेका थिए। उनीहरुले भेटघाटमा ट्रम्पको आप्रवासनसम्बन्धी नीति अस्वीकार गर्न मेयर आडम्ससँग माग गरेका थिए। प्रदर्शनीमा ज्यूज फर रेसियल एण्ड इकोनोमिक जस्टिस, मेक द रोड न्यू योर्क, साउथ एसियन तथा इन्डो करेबियन समुदायको पक्षमा काम गरिरहेको संस्था देसिज राइजिङ अप एण्ड मुभिङ, नेपाली समुदायको अधिकारका लागि काम गरिरहेको संस्था अधिकार लगायतका करिब एक दर्जन संघ संस्था र उनीहरुका सदस्य थिए। 
 
होम्यानले ट्रम्पको ‘मास डिपोर्टेसन’ मा असहयोग गर्ने मेयरको बजेट रोकिदिने अभिव्यक्ति समेत दिएका छन्। न्यू योर्क सिटी ‘स्याङ्चुअरी सिटी’ हो। त्यहि भएर धेरै आप्रवासी न्यू योर्क सिटीप्रति आकर्षित छन्। तर, मेयर आडम्सले ट्रम्पको आप्रवासन नीतिप्रति झुकाव राख्दै आएका छन्। होम्यानसँगको भेटघाटलाई ट्रम्पको ‘मास डिपोर्टेसन’ योजनामा सहयोग गरेर आफूमाथि लागेको भ्रष्टाचार अभियोगबाट आम माफी पाउन आडम्सले चालेको कदमको रुपमा हेरिएको छ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया