०८ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 21, 2026
SUBSCRIPTION

करिब ३०० विद्यार्थीको भीसा खारेज

करिब ३०० विद्यार्थीको भीसा खारेज

न्यू योर्क। स्टेट डिपार्टमेन्टले करिब तीन सय अन्तराष्ट्रिय विद्यार्थीको भीसा खारेज गरेको छ। गत जनवरी २१ मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि स्टेट डिपार्टमेन्टले यति ठूलो संख्यामा अन्तराष्ट्यि विद्यार्थीको भीसा खारेज गरेको हो।

ट्रम्पले गत जनवरी ३० मा प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने र यहुदी विरोधी भावना फैलाउने विद्यार्थीलाई देश निकाला गर्ने उदेश्यका साथ ‘एक्ज्याकेटिभ अर्डर’ जारी गरेका थिए। हमासलाई कारण देखाउँदै इजराजयलले प्यालेस्टानइनमा अक्टोबर २०२३ देखि ‘नरसंहार’ सुरु गरेको थियो। त्यसविरुद्ध अन्तराष्ट्रिय विद्यार्थीहरुले अमेरिकाका विभिन्न विश्वविद्यालय र सडकमा प्रदर्शन सुरु गरेका थिए। 

यो एक्ज्याकेटिभ अर्डर जारी भएपछि स्टेट डिपार्टमेन्टले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्ने अन्तराष्ट्रिय विद्यार्थीलाई तारो बनाएको थियो। भीसा खारेज भएका विद्यार्थीमा मुख्य रुपमा युनिभर्सिटी अफ क्यालिफोर्निया सिस्टम अन्तर्गतका क्याम्पसहरु, स्टानफोर्ड युनिभर्सिटी, युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो, कोलोराडो स्टेट युनिभर्सिटी र युनिभर्सिटी अफ कोलोराडोका छन्। 

त्यस्तै, भीसा खारेज भएर चर्चामा आएका विद्यार्थीमा कोलम्बिया युनिभर्सिटीका महमद खलिल, लेका कोर्डिया, युन्सो चुङ, र रञ्जनी श्रीनिवासन छन्। भारतीय नागरिक श्रीनिवासनले मार्च ११ मा स्वेच्छाले अमेरिका छाडेकी छन्। त्यस्तै टफ्ट युनिभर्सिटीकी रुमेस्या ओजटर्क, अलाबामा युनिभर्सिटीका अलिरेजा दोरोदी, कोर्नेल युनिभर्सिटीका ममदु ताल र जर्जटाउन युनिभर्सिटीका बादर खान सुरी छन्। 

प्रतिक्रिया