२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

सिनेटपछि हाउस पनि कब्जा गर्दै ट्रम्प

बहुमतका लागि तीन सिट आवश्यक रहेको रिपब्लिकन सात चुनावी मैदानमा अग्रस्थानमा छ।
सिनेटपछि हाउस पनि कब्जा गर्दै ट्रम्प

बुहमतका लागि स्थान आवश्यक रहेको रिपब्लिकन स्थानमा अगाडि

न्यू योर्क। सिनेटमा बहुमत हासिल गरेको रिपब्लिकन पार्टीले हाउसमा पनि कब्जा जमाउने सम्भावन बलियो बन्दै गएको छ। हाउसमा बहुमतका लागि तीन सिट आवश्यक रहेको रिपब्लिकन सात चुनावी मैदानमा अग्रस्थानमा छ।

हाउसमा पनि रिपब्लिकनको बहुमत आए राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई डेमोक्रेटले ‘चेक एण्ड ब्यालेन्स’ गर्न सक्दैन। डेढ करोडदेखि दुई करोड आप्रवासी निकाल्ने घोषणा गरेका उनले दुवै सदनबाट आफूले चाहेको कानून पारित गराउन सक्नेछन्। 

हाउसमा बुहमतमा लागि २१८ सिट आवश्यक छ। रिपब्लिनक पार्टीले त्यसमध्ये २१५ स्थानमा जीत हासिल गरिसकेको छ। राष्ट्रपतिको निर्वाचनमा पराजय भोगेको सिनेट बहुमत हासिल गर्न नसकेको डेमोक्रेट भने हाउसमा पनि २०६ सिट मात्र जितेको छ। भोट गन्न बाँकी १४ सिटमध्ये सातवटामा मात्र डेमोक्रेट अग्रस्थानमा छ।

बोर्ड अफ इलेक्सनको पछिल्लो तथ्यांक अनुसार १४ चुनावी मैदानमा करिब सात लाख ९० हजार भोट गन्न बाँकी छ। चुनावी परिणाम आउन बाँकी रहेको एरिजोनाको डिस्ट्रक मा रिपब्लिकन उमेद्वार क्रमशः निक बेगिच हुवान अग्रस्थानमा छन्। डिस्ट्रिक मा २९ प्रतिशत डिस्ट्रिक मा १४ प्रतिशत मत गन्न बाँकी छ।

त्यस्तै क्यालिफोर्नियाको डिस्ट्रिक २२, ४१ ४५ मा पनि रिपब्लिकन पार्टीकै डेभिड भालाडोँ, केन केल्भर्ट मिशेल स्टिलको अग्रता छ। उता आइयोवाको डिस्ट्रिक मा पनि रिपब्लिकन पार्टीकी मेरिएनेट मिलरमिक्स अग्रस्थानमा छन्। एक प्रतिशतमात्र मतगणना बाँकी रहेकाले ५० दशमलव प्रतिशत मतसहित अग्रस्थानमा रहेकी मिलरमिक्सको जीत पक्का छ।

डेमोक्रेट पार्टीका जोश हार्डर, डेभ मिन माइक लेभिन क्रमशः क्यालिफोर्नियाको डिस्ट्रिक , ४७ ४९ मा अग्रस्थानमा छन्। त्यस्तै मेन डिस्ट्रिक , ओहायो डिस्ट्रिक ओरेगन डिस्ट्रिक मा डेमोक्रेटका जेरेड गाल्डेन, मार्सी क्याप्ट्र जेनेल बाइनम अग्रस्थानमा छन्। 

डेमोक्रेटलाई हाउसमा बहुमतमा लागि १२ स्थानमा चुनाव जित्न आवश्यक छ। हाउसमा पनि रिपब्लिकनको बहुमत आए राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई डेमोक्रेटलेचेक एण्ड ब्यालेन्सगर्न सक्दैन। डेढ करोडदेखि दुई करोड आप्रवासी निकाल्ने घोषणा गरेका उनले दुवै सदनबाट आफूले चाहेको कानून पारित गराउन सक्नेछन्। 

   

प्रतिक्रिया