२३ फागुन २०८२, शनिबार
Sat, Mar 7, 2026
SUBSCRIPTION

ट्रम्पले कार्यभार सम्हाल्नु अघि नै आप्रवासी डिपोर्ट गर्न सहयोग पुग्ने कानून पारित

ट्रम्पले कार्यभार सम्हाल्नु अघि नै आप्रवासी डिपोर्ट गर्न सहयोग पुग्ने कानून पारित

न्यू योर्क। राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नु अघि नै हाउसले अवैधानिक आप्रवासी डिपोर्ट गर्न सहयोग पुग्ने नीतिगत कानून पारित गरेको छ।

कूल ४३५ सदस्य भएको हाउसले २६४ मतले लेकिन राइली एक्ट नामक विधेयक पारित गरेको हो। उक्त नीतिगत कानूनको पक्षमा ४८ डेमोक्रेटले समेत मतदान गरेका थिए। कानूनको विपक्षमा १५९ ले मतदान गरेका थिए। हाउसमा डेमोक्रेटको संख्या २१५ भने रिपब्लिकनको संख्या २२० छ।

कंग्रेसको अर्को सदन सिनेटबाट पनि यो कानून पारित भए डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) का लागि चोरी, ठगि लगायतका अपराध गरेका गैरकानूनी आप्रवासीलाई समेत पक्राउ गर्न बाटो खुलेको छ। कूल १०० सदस्य भएको सिनेटमा डेमोक्रेटको ४७ सदस्य भने रिपब्लिकनको ५३ सदस्य छ। 

यो कानून गत वर्ष मार्चमा पनि हाउसले पारित गरेको थियो जसका लागि ३७ डेमोक्रेटले हाउसमा रिपब्लिकनलाई सहयोग गरेको थियो। त्यतिबेला सिनेटमा बहुमत भएकाले डेमोक्रेटले उक्त कानून पारित हुनबाट रोकेको थियो। 

यो कानून एकजना कागजात विहीन भेनेज्वेलन आप्रवासीले हत्या गरेका लेकिन राइली नामक २२ वर्षीया युवतिको नाममा पारित गरिएको हो। राइली नर्सिङ पढिरहेकी थिइन्। उनको हत्यामा जोसे इबारा नामक व्यक्तिलाई गत नोभेम्बरमा अभियुक्त ठहर गरिएको थियो। 

 

 

 

 

 

प्रतिक्रिया