०८ वैशाख २०८३, मङ्गलबार
Tue, Apr 21, 2026
SUBSCRIPTION

बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउः प्रधानमन्त्री ओली

बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा ओलीले यस्तो निर्देशन दिएका हुन्। उनले कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा विजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन सम्बद्ध निकायलाई निर्देशन दिए। 

उनले क्षतिको विस्तृत मूल्याङ्कन छिट्टै गरी पुनः निर्माणमा अपुग हुने रकम जुटाउन दातृ निकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न पनि निर्देशन दिए। साथै, उनले आगामी जेठ १५ भित्र बाली नाली नोक्सानी भए क्षतिपूर्ति दिन भत्किएका कुलोको मर्मत गर्न सम्बद्ध निकायलाई अह्राए। 

परिषद्का अध्यक्ष समेत रहेका ओलीले नेपाल भूकम्पीय, पहिरो जलवायु परिवर्तनजस्ता विपद्को जोखिममा रहेको उल्लेख गर्दै पूर्व तयारी सुरक्षित एकीकृत बस्ती विकासको नीतिगत तर्जुमा गर्न आग्रह गरे। उनले जोखिमयुक्त स्थानमा बसेकाहरूलाई बस्ती स्थानान्तरण गर्न अन्यत्र घर भई जोखिमयुक्त स्थानमा रहेकालाई त्यहाँबाट हटाउनुपर्ने स्पष्ट पारे। उनले देश जनताको सुरक्षाका लागि पहिरोको जोखिम भएका स्थानमा वन क्षेत्र विस्तार गर्न सकिने वनक्षेत्रमा सुरक्षित बस्ती विकासको योजना अघि बढाउन सकिने भनाइ पनि राखे।  यो परिषदको १४ औँ बैठक हो। 

 

प्रतिक्रिया