०९ वैशाख २०८२, मङ्गलबार
Tue, Apr 22, 2025
SUBSCRIPTION

विपतको पूर्ण सूचना अभाव र उद्धार तयारीको कमि हुँदा ठूलो जनधनको क्षेति (फोटो फिचर सहित)

सरकारसंग विपत्तिको सूचना प्रवहा गर्ने आवश्यक संयन्त्र त छैनन् नै विपत्तिको बेला गर्नुपर्ने आकष्मिक उद्धारको समेत तयारी छैन रहेछ भन्ने यसपटकको पा्रकृतिक विपत्तिको क्षेतिले फेरी पुष्टि गरिदिएको छ
विपतको पूर्ण सूचना अभाव र उद्धार तयारीको कमि हुँदा ठूलो जनधनको क्षेति (फोटो फिचर सहित)

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले एकसाता देखिबाटै यो हप्ता देशभर ठूलो वर्षाको सम्भावना रहेको भन्दै जानकारी गराउदा पनि सम्बन्धीत सरकारी निकायले जनस्तरसम्मा त्यो सूचना प्रबहा नगर्दा वर्षाका कारण नेपालले फेरी ठूलो जनधनको क्षेति व्यहोर्नु परेको छ । सरकारसंग विपत्तिको सूचना प्रवहा गर्ने आवश्यक संयन्त्र त छैनन् नै विपत्तिको बेला गर्नुपर्ने आकष्मिक उद्धारको समेत तयारी छैन रहेछ भन्ने यसपटकको पा्रकृतिक विपत्तिको क्षेतिले फेरी पुष्टि गरिदिएको छ । 

आकाष्मिक उद्धारको बारेमा शनिबार एक सरकारी कर्मचारीले व्यक्त गरेको भनाई निकै दुर्भाग्यपूर्ण छ । ती अधिकारीले विवशताकासाथ भने, हामीसंग विपतमा उद्धार गर्ने कुनै बजेट हुँदैन । क्षेतिपछि दिने राहतको मात्र बजेट हुन्छ । नागरिकको सुरक्षामा राज्यको तर्फबाट व्यक्त भएको यो भनाई दुर्भाग्यपूर्ण त छ नै राज्य कति गैरजिम्मेवार छ भन्ने समेत पुष्टि गर्दछ । 

अन्य देशमा मौसम बारेमा सम्बन्धीत निकायले हप्ताअघि बाटै मौसम प्रकृति बारे जानकारी दिन्छन् भने ती सूचनालाई स्थानीय तथा राज्य सरकारले हरेक नागरिक तहसम्मा पुर्याइदिन्छ । प्रतिकुल मौसमको अवस्था छ भने त सरकारले सवारी साधान चलाउनुअघि पूर्ण रुपमा सचेत नै गराउछ । जसका कारण वर्षा, बाढी जस्ता अग्रिम जानकारी हुने प्राकृतिक विपत्तिबाट जनताले खासै ज्यान गुमाउनु पर्दैन । तर नेपालमा यो साता आएको वर्षा र बाढीको बारेमा पूर्ण जानकारी पाएको भए काठमाडौ मै ४८ जनाको ज्यान जानु पर्ने अवस्था आउदैन थियो कि भन्ने जिज्ञाशा यतिबेला विज्ञहरुले गरेका छन् ।

मनसुन सकिने बेलामा आएको वर्षा र बाढीका कारण यतिबेला राजधानी काठमाडौलाई अन्य क्षेत्रसंग जोड्ने राजमार्गहरु सबै अवरुद्ध भएका छन् । देशको प्रमुख राजमार्गहरु अवरुद्ध भएका छन् भने चीनको सीमाना जोड्ने कोदारी राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ । 

 

 

प्रतिक्रिया