१९ फागुन २०८२, मङ्गलबार
Tue, Mar 3, 2026
SUBSCRIPTION

न्यूयोर्क सिटीमा यसवर्षकै पहिलो हिमपात, विहानभर हवाईसेवा प्रभावित

रातीदेखि शुरु भएको हिमपात दिउसो १२ बजेसम्म निरन्तर परेको थियो । मौसम विभागका अनुसार न्यूयोर्क क्षेत्रमा ३ देखि ६ इन्चसम्म हिमपात भएको छ । दिउसो एकबजेपछि भने मौसममा सुधार आएको छ ।
न्यूयोर्क सिटीमा यसवर्षकै पहिलो हिमपात, विहानभर हवाईसेवा प्रभावित


न्युयोर्क । न्यूयोर्क सिटी तथा आसपासको क्षेत्रमा यो वर्षको पहिलो हिमपात भएको छ । हिमपातबाट न्यूयोर्कसिटीकासाथै न्यूजर्सी र पेन्सिलभेनियाका केही भागमा जनजीवन प्रभावित भएको छ । रातीदेखि शुरु भएको हिमपात दिउसो १२ बजेसम्म निरन्तर परेको थियो । मौसम विभागका अनुसार न्यूयोर्क क्षेत्रमा ३ देखि ६ इन्चसम्म हिमपात भएको छ । दिउसो एकबजेपछि भने मौसममा सुधार आएको छ । 
बिहान उठ्दा मानिसहरुले शहरलाई हिउले सेताम्मे ढाकेको देखेका थिए । हिउँले सडक अवस्था जोखिमपूर्ण बनाएपछि बिहानभरि सवारी साधान पातलो मात्र चलेका थिए भने जेएफके, लागरर्डिया र नेवर्क एयरपोर्टमा विहानभरी उडान प्रभावित बन्यो । शहरका आकस्किम विभागले वेदर एडभाइजरी जारी गर्दै साबधान अपनाउन अपिल गरेको थियो । 
आइतबार बिहानैदेखि स्थल र हवाई यातायात प्रभावित भएको थियो । लागार्डिया एयरपार्टमा “ग्राउन्ड स्टप” लागू गर्दै दिउँसो १२ बजेसम्म करिब ६ घण्टाजति उडानमा ढिलाइ देखिएको थियो।
यस्तै जेएफके एयरपोर्टमा पनि बिहान “ग्राउन्ड डिले” लागू गरिएको थियो, र त्यहाँ ढिलाइ करिब ३ घण्टाभन्दा अलि बढी थियो।
उता न्यूजर्सीस्थित नेवर्क एयरपार्टमा पनि हिमआँधीको बेला गरिएको “ग्राउन्ड स्टप” का कारण करिब ४ घण्टाभन्दा बढी उडान प्रभावित भएको थियो । 
आइतबार न्यूयोर्कको तापक्रम अधिकतम ३२ डिग्री (फारेनहाइट) र न्यूनतम २० डिग्री रहने जनाइएको छ । सोमबार बिहान÷दिउँसोको आवागमन समयमा हिउँ पर्ने पूर्वानुमान छैन, तर तापक्रम भने अझ घटेर न्यूनतम २४ डिग्री पुग्ने जनाइएको छ । जसका कारण सडक र फुटपाथमा बरफ जम्ने भएकोले आवतजावतमा जोखिम बढ्न सक्नेभन्दै सचेत रहन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया