२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

अमेरिकी “स्पिडबोट” मा क्युबाको हमला, चार मृत, छ घाइते

अमेरिकी “स्पिडबोट” मा क्युबाको हमला, चार मृत, छ घाइते

एजेन्सी। क्युबाले अमेरिकामा दर्ता “स्पिडबोट”मा आएक एक सशस्त्र समूहले आफ्ना सुरक्षाकर्मीमाथि गोली चलाएको दाबी गरेको छ। त्यसपछि भएको सामुन्द्री भिडन्तमा ४ जनाको मृत्यु र ६ जना घाइते भएको क्युबाको भनाइ छ। 

क्युबाले यो समूह अमेरिकाबाट आएको र "आतङ्कवादी उदेश्य” सहित आफ्नो देशभित्र पस्न खोजेको आरोप लगाएको छ। अमेरिकाले भने घटनाको स्वतन्त्र तथ्य-संकलन सुरु गरेको छ। 

क्युबाको इन्टेरियर मिनिस्ट्रीका अनुसार घटना बुधबार )फेब्रुअरी २५) मा काइयो फाल्कोनेस नजिक भएको हो। क्युबाली अधिकारीहरूका अनुसार स्पिडबोट क्युबाली जलक्षेत्रमा पसेपछि बोर्डर गार्डले त्यसलाई रोक्ने प्रयास गरेका थिए। त्यसक्रममा स्पिडबोटबाट पहिले गोली हानिएको क्युबाको दाबी छ। त्यसमा क्युबाको सामुन्द्री गस्ति टोलीका कमान्डर घाइते भएका छन्।त्यसपछि मात्र क्युबाली सुरक्षाकर्मीले जवाफी फायर गरेको क्युबाको भनाइ छ.

क्युबाको दाबीअनुसार स्पिडबोटमा १० जना थिए। उनीहरू सबै यूएसमा बसोबास गर्ने क्युबाली नागरिक थिए। भिडन्तमा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन। क्युबाली पक्षका एक अधिकारी पनि घाइते भएको बताइएको छ। 

हाभानाले ती व्यक्तिहरूसँग असल्ट राइफल्स, ह्यान्डगन्स, मोलोटोभ ककटेल्स, बुलेटप्रुफ भेस्ट्स, क्यामुफ्लाज कपडा र अन्य सामग्री फेला परेको दाबी गरेको छ। क्युबाले यसलाई “आर्म्ड इनफिल्ट्रेशन” भनेको छ। केही पक्राउ परेकाहरू पहिलेबाटै हिंसात्मक वा आतङ्वाद”-सम्बन्धी आरोपमा खोजीमा रहेको पनि क्युबाको दाबी छ। 

यूएस सेक्रेटरी अफ स्टेट मार्को रुबियोले अमेरिकी सरकारको कुनै संलग्नता नरहेको बताएका छन्। उनले घटनालाई“हाइली अन्युजुअल” भनेका छन्। अमेरिकी सरकारी निकायहरूले संलग्न व्यक्तिहरू यूएस सिटिजन वा पर्मानेन्ट रेसिडेन्ट हुन् कि होइनन् भन्ने पनि जाँचिरहेका छन्। 

यस घटनापछि क्युबा–अमेरिका तनाव अझ बढेको देखिएको छ। क्युबाका राष्ट्रपति मिगेल डियास-कानेलले क्युबाको सार्वभौमसत्तामाथि हुने कुनै पनि “आतंकवादी र सशस्त्र आक्रमण” विरुद्ध देशले कडा प्रतिकार गर्ने बताएका छन्। 

क्युबाको दाबी स्वतन्त्र रूपमा पूर्ण पुष्टि भएको छैन। स्पिडबोटको वास्तविक उद्देश्य, समूहको योजना, र घटनाको पूरा क्रमबारे दुवै पक्षबाट थप जाँच जारी छ।

प्रतिक्रिया