न्यू योर्क। फेडेरल ट्रेड कमिसन (एफटीसी) सँग गरेको मुद्दा सम्झौता एमजनले २.५ अर्ब डलर तिर्ने भएको छ। एफटीसीका अनुसार एमजनले प्राइम सदस्यता रद्द गर्नबाट रोक्न छलकपट गरेको थियो। त्यसबाट ग्राहक ठगिएको भन्दै मुद्दा परेको थियो।उक्त मुद्दामा एमजन २.५ अर्ब डलर तिर्न राजी भएको हो।
एमजनले गल्ती स्वीकार गरेको छैन। तर कम्पनीले १ अर्ब डलर जरिवाना तिर्न र प्रभावित ग्राहकलाई १.५ अर्ब फिर्ता गर्न तयार भएको छ।
एफटीसीले एमजनको ‘साइनअप पेज’ हरूले भ्रम सिर्जना गर्ने तथा “फ्री” जस्तो देखिने अफरले प्राइम ट्रायल सुरु हुने भनेको छ। साथै मेम्बरशिप’ रद्द गर्ने प्रक्रिया धेरै चरणको रहको र अस्पष्ट भएको जनाएको छ। यी अभ्यासलाई ‘डार्क प्याटर्न’ भनिएको छ।
सम्झौतामा दुई भाग छन्। त्यसमा १.५ अर्ब डलर ग्राहकलाई फिर्ता हुनेछ भने १ अर्ब डलर सरकारलाई जरिवाना बुझाउनु पर्नेछ। यो उपभोक्तालाई फिर्ता हुने सबैभन्दा ठूला मध्येको रकम हो।
रकम जुन २३, २०१९ देखि जुन २३, २०२५ बीच प्राइमका ग्राहक योग्य हुन सक्छन्। यदि फिल्म हेर्ने वा फ्री डेलिभरी जस्ता लाभ धेरै प्रयोग गर्नुभएको छैन भने तपाईंलाई स्वतः ५१ डलर आउनेछ। मेम्बरशिप रद्द गर्न प्रयास गर्दा सफल नभएकाले भने दाबी फारम भर्नु पर्नेछ्। उनीहरूले अधिकतम ५१ डलर पाउन सक्छन। ग्राहकलाई वितरण हुन नसकेको रकम सरकारी खातामा जम्मा हुन्छ।



प्रतिक्रिया