२१ कात्तिक २०८२, बिहिबार
Thu, Nov 6, 2025
SUBSCRIPTION

पहिलो टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको तयारी पूरा, सहभागी हुन महानायक राजेश हमाल न्यूयोर्कमा

पहिलो टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्डको तयारी पूरा, सहभागी हुन महानायक राजेश हमाल न्यूयोर्कमा

 

न्यू योर्क पहिलो टपशप काठमाडौं ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड आइतबार न्यूयोर्कमा हुँदैछ। आउने आइतबार मे मा न्यूयोर्कको मेलरोज बलरुममा हुने हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड समारोहमा सहभागी हुन महानायक राजेश हमाल न्यूयोर्कमा आइपुगेका छन् शतिसाल गु्रप एलएलसी युसएस, रिभिल इभेन्ट्स् इंक बुद्ध टयाक्स एण्ड एकाउन्टिङको संयुक्त आयोजनामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आउोजकले जनाएको छ। कार्यक्रममा नेपाल लगायत अमेरिकाको विभिन्न राज्यहरुबाट कलाकारहरुको उत्साहजनक सहभागीता रहने आयोजक मध्येका एक लकेश श्रेष्ठले जानकारी दिए  

आयोजक श्रेष्ठका अनुसार कार्यक्रममा नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रमा योगदान पुर्याएका चर्चित कलाकारहरुलाई सम्मान गरिने भएको छ। साथै जनालाई लाइफ टाइम एचिभमेन्ट पुरस्कार प्रदान गरिने भएको  

चर्चित संगीत निर्देशक तथा गायक शम्भुजीत बास्कोटा तथा नेपालका प्रथम पप गायक ओम बिक्रम बिष्टलाई लाइफ टाइम एचिभमेन्ट पुरस्कार प्रदान गरिने भएको साथै चलचित्र तथा साँंगीतिक क्षेत्रमा विशेष योगदान पुर्याएका कलाकारहरुलाई विभिन्न विधामा सम्मान गर्ने भएको छ। 

कार्यक्रममा शम्भुजित बास्कोटा, कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी ,नीति शाह ,प्रशान्त ताम्राकार ,कोरियाग्राफर तथा मोडल(नमुना)राहुल शाह लगायत नेपालबाट न्यूयोर्क आउने भएका छन् कार्यक्रममा चर्चित मोडल तथा डान्सर राहुल शाह लगायत २० बढी कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ। 

अवार्ड समारोहलाई सभ्य , भव्य ब्यवस्थित बनाउन ब्यापक तयारी भैरहेको आयोजकले जनाएको कलाकारहरुको उचित ब्यबस्थापन तथा सहजिकरणको लागि होटल मेरियट बुकिङ गरेको आयोजकले जानकारी दिएको छ। 

यो एउटा अवार्ड मात्र नभएर फिल्म फेस्टिबलको रुपमा विकाश गर्न सबै नेपाली समुदायलाई जोड्ने प्रयास भएको आयोजक श्रेष्ठको भनाइ  

अमेरिकाको इतिहासमै पहिलो पटक नेपाली संगित फिल्मी कलाकारहरुलाई एउटै स्टेजमा सम्मान गर्ने ऐतिहासिक अवार्ड समारोहमा सहभागी भई उत्साह बढाई दिन आयोजकले अनुरोध गरेको  

 

 

प्रतिक्रिया