२२ फागुन २०८२, शुक्रबार
Fri, Mar 6, 2026
SUBSCRIPTION

न्यूयोर्कमा पहिलो टप सप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ हुने

न्यूयोर्कमा पहिलो टप सप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ हुने

 

न्यूयोर्कमा पहिलो टप सप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ हुने भएको छ। रिभिल एभेन्टस् इंक, सतिसाल गु्रप एलएलसी, युएसए, तथा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङको संयुक्त आयोजनामा पहिलो टप सप काठमाण्डौ ८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड २०२५ आयोजना गर्न लागेको हो। हिल्टन होटलमा पत्रकार सम्मेलन आयोजना गरेर अवार्ड कार्यक्रमबारे जानकारी दिएको हो। 

रिभिल एभेन्टस् इंकका अध्यक्ष राजेश हमाल, सतिसाल गु्रप एलएलसी, युएसएका अध्यक्ष लकेश श्रेष्ठ, तथा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङका एकाउन्टेन्ट पशुपति श्रेष्ठले अवार्ड आयोजना गर्न लागेको जानकारी दिएको हो  अवार्ड कार्यक्रम मे ४ तारिख न्यू योकेको मेलरोज बल रुममा हुन लागेको हो। 

कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नेपालका वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की, अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी, जेम्स प्रधान, कमल मानसिंह, धीरज राईरामजी खाड, टप शप काठमाण्डौंका चेयरम्यान  सुभाष श्रेष्ठ, नेपाली ग्लोबल फिल्म  अवार्डका अध्यक्ष नवराज श्रेष्ठ तथा रेबेल इभेन्ट्स प्राइभेट लिमिटेडका उपाध्यक्ष कुबेर कार्कीको उपस्थिति थियो। साथै, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली तथा सञ्चारकर्मीहरू समेत सहभागी थिए। 

पत्रकार सम्मेलनमा आयोजकले नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तराष्ट्र्रिय स्तरमा प्रवद्र्धन गर्न न्यूयोर्कमा अवार्ड आयोजना गर्न लागेको जानकारी गराए। उपस्थित कलाकार, सञ्चारकर्मी तथा आयोजकहरूले अवार्ड कार्यक्रम नेपाली कलाकारहरूको योगदानलाई अन्तराष्र्टि« मञ्चमा सम्मान गर्ने महत्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरे।

लामो समयदेखि नेपाली साँगीतिक क्षेत्र सिने जगतमा अतुलनीय योगदान पुर्याउदै आएका नेपालका चर्चित हस्तिहरुलाई नेपाली संगीत चलचित्र उद्योगलाई जोडेर  पहिलो पटक आयोजना गरेको नेपाली म्युजिक एण्ड फिल्म अवार्ड एउटै विशाल मंचमा प्रदान गरिने भएकोले ऐतिहासिक हुने आयोजकको भनाइ छ। 

अवार्डमा मात्रै सिमित नगरी फिल्म फेस्टिबल उत्सबको रुपमा बिकाश गर्नका लागी सबै पक्षलाई जोडेर उत्साहजनक सहभागिताको लागि न्यूयोर्कमा रहेका समाजसेवी, बुद्दिजिवी, पत्रकार, बिभिन्न संघसंस्था नेपाली समुदायसँंग सहकार्य  भैरहेको आयोजक मध्येका लकेश श्रेष्ठले बताए। अवार्ड समारोहलाई भव्य व्यवस्थित बनाउनका लागि ब्यापक तयारी भैरहेको आयोजकले जानकारी दिए। 

फेस्टिबलमा बिभिन्न   बिधामा अवार्ड  बितरण गर्ने  नेपाली कलाकारहरूलाई सम्मान गरिनुका साथै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ। अवार्ड नेपाली कला, संगीत तथा चलचित्र क्षेत्रमा लामो समय योगदान पु¥याएका वरिष्ठ कलाकारलाई प्रदान गरिने छ। अवार्डले नेपाली कलाकारहरूको मेहनत समर्पणलाई अन्तर्राष्ट्रिय रूपमा सम्मान गर्ने उद्देश्य राखेको छ।

अवार्ड समारोहमा नेपालका ख्यातिप्राप्त कलाकार, निर्देशक, संगीतकार, गायक तथा सञ्चारकर्मीहरूको सहभागिता रहने छ। अवार्ड वितरणका क्रममा सांगीतिक प्रस्तुति तथा अन्य विशेष कार्यक्रमहरू पनि समावेश गरिने जानकारी आयोजक समितिले दिएको

प्रतिक्रिया