२१ फागुन २०८२, बिहिबार
Thu, Mar 5, 2026
SUBSCRIPTION

श्रमजीविका लागि न्यु योर्क सिटी एफोर्डेवल बनाउँछुः जोह्रान मम्डानी

सरहाना श्रेष्ठ र क्लेयर भाल्डेजले भनेः प्राइमरीमा कुमोलाई कुनै पनि नम्बरमा भोट नदिनुहोस्।
श्रमजीविका लागि न्यु योर्क सिटी एफोर्डेवल बनाउँछुः जोह्रान मम्डानी

न्यु योर्क। मेयर पदका सशक्त उम्मेद्वार जोह्रान मम्डानीले चुनाव जिते श्रमजीवी वर्गका लागि न्यु योर्क सिटी ‘एफोर्डेबल’ बनाउने बताएका छन्। उनी मुख्य रुपमा घरभाडा वृद्धि रोकेर, ‘युनिभर्सल चाइल्केयर’ लागु गरेर र सुस्त बस सेवा छिटो छरितो तथा निःशुल्क बनाएर श्रमजीवी वर्गको जीविकोपार्जनको लागत घटाउने योजना सहित आगामी जुन २४ मा हुने मेयर पदको प्राइमरी निर्वाचनमा होमिएका छन्। 

‘यतिबेला घरभाडा कसरी तिर्ने, बालबालिकाको खर्च र ग्रोसरी कसरी धान्ने, ग्यास तथा मेट्रो कार्ड कसरी किन्ने भन्ने जस्ता चिन्ताले तपाईँहरूलाई पिरोलेको छ। तपाईँहरुको निन्द्रा उडाएको छ,’ ड्रम बिट्सले अप्रिल १८ (शुक्रबार) आयोजना गरेको अन्तरक्रिया कार्यक्रम ‘नेप्लिज फर जोह्रान’ लाई सम्बोधन गर्दै उनले भने, ‘तपाईँहरू जुन सपना देखेर यो संसारकै सबैभन्दा धनी देशको सबैभन्दा धनी सहर आउनु भएको थियो, ती सपना हराएको छ। यस्तो अवस्था आउनु प्राकृतिक र स्वाभाविक होइन, यो सहरमा भएको राजनीतिको प्रतिफल हो।’ ड्रम बिट्स साउथ एसियन तथा इन्डोकरेबिय आप्रवासी समुदायको राजनीतिक अधिकारका लागि काम गर्दै आएको संस्था हो।

मम्डानीले राजनीतिमा परिवर्तन गरी गरिखाने वर्गको अवस्था फेर्न र उनीहरुले देखेको सपना पुरा गर्ने वातावरण तयार गर्न मेयरको चुनावी दौडमा भाग लिएको बताए। ‘तपाईँहरूले देख्नुभएको सपना तपाईँहरुको हक हो र त्यो पुरा गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि हिजोको राजनीति परास्त गर्नु पर्छ।’

अफ्रिकामा जन्मिएका भारतीय मूलका मम्डानीले मेयरको चुनाव जित्ने विश्वास व्यक्त गरे। ‘न्यु योर्क सिटीलाई धान्न सकिने योजना घोषणा गरेर छ महिना अघि चुनावी तयारीमा उत्रिँदा हामी तल थियौ, एक प्रतिशतमा थियौँ,’ उनले भने, ‘पछिल्ला सर्वेक्षणहरूले १६ प्रतिशत मतदातासमेत म दोस्रो नम्बरमा देखाएको छ। यो न्यु योर्क सिटीमा एउटा दक्षिण एसियाली पुरुषले पहिलो पटक प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो।’ 

‘एन्ड्रयु कुमोसँग न्यु योर्क सिटी र हाम्रो समुदायका लागि कुनै योजना छैन। कुनै भिजन छैन,’ एसेम्ब्ली मेम्बर क्लेयर भाल्डेजले, ‘तर, जोह्रान हाम्रै समुदायका र हामी बीच रहेका हाम्रा मानिस हुन्। त्यहि भएर पहिलो नम्बरमा जोह्रानलाइ भोट दिनुहोस्। दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा जोसुकैलाई दिनुहोस्, तर कुमोलाई नदिनुहोस्।’ 


तर, उनले इतिहास बनाउन मात्र चुनावमा नहोमिएको प्रष्ट पारे। उनले चुनावका लागि अझ ६७ दिन बाँकी रहेको र न्यु योर्कवासीले फरक खालको राजनीति चाहेको उल्लेख गर्दै भने, ‘यो चुनाव जित्नका लागि आएको हुँ, मैले जित्नु भनेको हिजोको राजनीति परास्त गर्नु हो’ मम्डानी क्विन्सस्थित डिस्ट्रिक्ट ३६ प्रतिनिधित्व गने स्टेट एसेम्ब्ली मेम्बर हुन्।

कार्यक्रममा डिस्ट्रिक्ट ३७ प्रतिनीधित्व गर्ने न्यु योर्क स्टेट एसेम्ब्ली मेम्बर क्लेयर भाल्डेजले मम्डानीसँग न्यु योर्क सिटी र यहाँका बासिन्दाका लागि प्रष्ट योजना र उद्देश्य भएको बताइन्। ‘जोह्रान गरिखाने वर्गको जिविकोपार्जन सहज बनाउने र न्यु योर्क सिटीलाई सबैको बनाउने आफ्ना योजना र उदेश्यमा प्रष्ट र प्रतिबद्ध छन्। हामीलाई चाहिएको त्यहि हो,’ उनले भनिन्। तर, उनले न्यु योर्क स्टेटका पुर्व गभर्नर एन्ड्रयु कुमो किन र कसका लागि मेयर पदको दौडमा होमिएको भन्ने प्रष्ट नभएको बताइन्। 

‘एन्ड्रयु कुमोसँग न्यु योर्क सिटी र हाम्रो समुदायका लागि कुनै योजना छैन। कुनै भिजन छैन,’ उनले भनिन्, ‘तर, जोह्रान हाम्रै समुदायका र हामी बीच रहेका हाम्रा मानिस हुन्। त्यहि भएर पहिलो नम्बरमा जोह्रानलाइ भोट दिनुहोस्। दोस्रो, तेस्रो, चौथो र पाँचौ नम्बरमा जोसुकैलाई दिनुहोस्, तर कुमोलाई नदिनुहोस्।’ 

मम्डानी एसेम्ब्ली मेम्बर बन्नु अघि छाया सिडिसिमा हाउजिङ फोरक्लोजर प्रिभेन्सन हाउजिङ काउसिन्लर थिए। उनी ब्याङ्कको किस्ता तिर्न नसकेका ज्याक्सन हाइट्स, रिचमण्ड हिल र आसपासका आप्रवासी समुदायलाई घर लिलामी हुनबाट जोगाउन सल्लाह दिन्थे। साथै, उनी पहिलो पटक घर किन्ने मानिसहरुलाई सहयोग गर्थेँ। 

स्टेट एसेम्ब्ली मेम्बर श्रेष्ठले पूर्व गभर्नर कुमोलाई भोट नदिन आग्रह गरिन्। ‘एक नम्बरमा जोह्रानलाई भोट दिनुहोस्, बाँकी अरु नम्बरमा जुनै उमेद्वारलाई दिनुहोस्, तर कुमोलाई नदिनुहोस्,’ उनले भनिन्, ‘तर, कुमोलाई भोट नदिनुहोस्। यो सन्देश हरेक नेपालीमाझ पुर्‍ याउनुहोस्। उनीहरुको ढोका ढोकामा पुग्नुहोस्’

पूर्व गभर्नर कुमोको मेयरमा उमेद्वारी र ट्रम्प प्रशासनको आप्रवासी नीतिका सन्दर्भमा एसेम्ब्ली मेम्बर भाल्डेजले भनिन्, ‘अर्बपतिहरु अझ धेरै पैसा कमाउन चहान्छन्। उनीहरु शिक्षा, स्वास्थ, यातायात जस्ता हाम्रा आधाभुत आवश्यकतामा खर्च गर्न चहाँदैनन्।’ उनले श्रमजीवी वर्गबाट शक्ति हत्याउन र जोह्रानको विपक्षमा ठूलो धनराशी खर्च हुँदै गरेको र उनलाई ती चुनौति पार गर्न सजिलो नरहेको उल्लेख गर्दै सहयोगका लागि सबैसँग अपिल समेत गरिन्।


नेपाली मुलकी न्यु योर्क स्टेट एसेम्ब्ली मेम्बर सरहाना श्रेष्ठले मम्डानीलाई मेयर पदमा जिताउन आफ्ना साथीभाइ र आफन्तलाई अनुरोध गर्न आह्वान गरिन्। ‘श्रमजीवि वर्गको जीवनको गुणस्तर जस्तो हुनुपथ्र्यो त्यस्तो छैन। आप्रवासी र अश्वेत वर्ग, जसको श्रमले यो देशको अर्थब्यबस्था धानेको छ, तर उनीहरुकै जीवन कठिन बनिरहेको छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा जोह्रान तपाईँ हामीमाझ हुनुहुन्छ। त्यसको अर्थ र मुल्य छ। त्यहि भएर तपाइँहरु हरेकले आफूले चिनेका हरेक नेपालीलाई फोन गर्नुहोस् र जोह्रानको बारेमा भन्नुहोस्।’

स्टेट एसेम्ब्ली मेम्बर श्रेष्ठले पूर्व गभर्नर कुमोलाई भोट नदिन आग्रह गरिन्। ‘एक नम्बरमा जोह्रानलाई भोट दिनुहोस्, बाँकी अरु नम्बरमा जुनै उमेद्वारलाई दिनुहोस्, तर कुमोलाई नदिनुहोस्,’ उनले भनिन्, ‘तर, कुमोलाई भोट नदिनुहोस्। यो सन्देश हरेक नेपालीमाझ पुर्‍ याउनुहोस्। उनीहरुको ढोका ढोकामा पुग्नुहोस्

स्टेट एसेम्ब्ली मेम्बर स्टिभन रागा कार्यालय, डिस्ट्रिक्ट डाइरेक्टर डोल्मा लामाले मेडालियन ऋण संकटका बेला ट्याक्सि ड्राइभरहरुसँगै जोह्रान १५ दिन भोक हड्तालमा बसेको स्मरण गरिन्। ‘उहाँ श्रमजीवि वर्गको पक्षमा काम गर्ने मान्छे हो,’ उनले भनिन्, ‘हाम्रो लागि उम्मेद्वार जोह्रान नै हो।’

स्टेट एसेम्ब्ली मेम्बर श्रेष्ठ र भाल्डेज कंग्रेसवुमन नाइडिया भलास्केजले कुमोको उमेद्वारी रोक्न बनाएको गठबन्धनमा छैनन्। तर, उनीहरु कुमो विरुद्धको दौडमा थपिने पछिल्ला जनप्रतिनीधि हुन्। ‘पावर ब्रोकर’ का रुपमा चिनिने प्रभावशाली राजनीतिज्ञ भलास्केजसहित छ जना जनप्रतिनीधिको गठबन्धनले यसअघि मेयरको प्राइमरी निर्वाचनमा कुमोलाई रोक्न गठबन्धन बनाएर मम्डानी सहित तीन डेमोक्रेटिक उमेद्वारलाइ मेयर पदका लागि औपचारिक समर्थन गरेका छन्। यसबाट खासगरी स्पेनिश समुदायको भोट काटिने संभावना रहेको बताइन्छ।

कार्यक्रममा स्टेट एसेम्ब्ली मेम्बर श्रेष्ठ र भाल्डेजले आफूहरु जोह्रानबाट प्रभावित भएर सक्रिय राजनीतिमा आएको बताए। ‘जोह्रानलाई नभेटेको भए म स्टेट एसेम्बलीका लागि उठ्ने नै थिइन,’ श्रेष्ठले भनिन्, ‘उनलाई भेटेपछि उनले के गर्न खोजिरहेका छने भन्ने बुझेँ र अफिसका लागि उठे।’ उनले शक्तिशाली र धनीहरुले आप्रवासी र अश्वेत समुदायमाथि सँधै ‘फुटाउ र राज गर’ को रणनीति लागू गरेको उल्लेख गर्दै संगठित बनेर शक्तिशाली हुन आग्रह गरिन्। 

 

स्टेट एसेम्ब्ली मेम्बर स्टिभन रागा कार्यालय, डिस्ट्रिक्ट डाइरेक्टर डोल्मा लामाले मेडालियन ऋण संकटका बेला ट्याक्सि ड्राइभरहरुसँगै जोह्रान १५ दिन भोक हड्तालमा बसेको स्मरण गरिन्। ‘उहाँ श्रमजीवि वर्गको पक्षमा काम गर्ने मान्छे हो,’ उनले भनिन्, ‘हाम्रो लागि उम्मेद्वार जोह्रान नै हो।’ सन २०१४ देखि सुरु भएको मेडालियन ऋण संकटका बेला कम्तिमा आठ जना ट्याक्सि ड्राइभरले ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए। लगभग  सबैजसो ट्याक्सि ड्राइभर अश्वेत र आप्रवासी छन्।

कम्युनिटी एक्टिभिस्ट श्रेया तुलाधारले पछिल्लो दशक न्यु योर्क सिटीमा नेपाली समुदायको संख्या २५० प्रतिशतले बढेको उल्लेख गर्दै उनीहरूले आफ्नो आवाज उठाउनु जरुरी रहेको बताइन्। ‘हामीलाई हाउजिङ सेफ्टी, एजुकेशनका लागि संघर्ष गने नेतृत्व चाहिन्छ,’ उनले भनिन्, ‘हामीलाइ हाम्रो पक्षमा काम गर्ने मेयर चाहिन्छ।’

प्रतिक्रिया