न्यू योर्क । न्यू योर्क सिटीका मेयर एरिक आडम्ससंगको असमझदारीका कारण शहरको प्रमुख जिम्मेवारीमा रहेका चार उपमेयरहरुले राजीनामा दिने भएपछि सिटी हलमा उत्पन्न जटिल परिस्थिति बारेमा गभर्नर क्याथी होकुलले आज न्यूयोर्क सिटीका शिर्ष नेताहरुसंग गम्भीर छलफल गर्ने भएका छन् । छलफलका क्रममा गभर्नर होकुलले मेयर आडम्सलाई राजीनामा गर्न लगाउने सम्मको विकल्पमा कुराकानी गर्न लागेको श्रोतहरुले दावी गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको मास डिपोर्टेसन योजनालाई सघाउने गोप्य सहमति गरी संघीय न्याय विभागबाट मेयर एरिक आडम्सले आफ्नो भ्रष्टचारको मुद्दा फिर्ता गराएको आरोप लगाउदै चार जना उपमेयरहरुले राजीनामा दिने भएपछि सिटी प्रशासनमा अन्योलता आउने भएकोले समस्या समाधानमा गभर्नरले चासो दिएका हुन् ।
स्रोतहरुका अनुसार मेयर आडम्सको अराजनीतिक सहमतिको विरोध गर्दै राजीनामाको तयारी गरेका चार उपमेयरहरुमा मेयर कार्यालयका प्रथम उपमेयर मारिया टोर्रेस–स्प्रिङ्गर, अपरेसन विभाग हेर्ने मीरा जोशी, स्वास्थ्य विभागका एनी विलियम्स–आइसम र पब्लिक सेफ्टी प्रमुख चान्सी पार्कर छन् । सबै उपमेयरहरू न्यू योर्क सिटी सरकारको महत्वपूर्ण विभागहरुको नेतृत्व गर्ने अधिकारीहरु रहेको बताइएको छ । यदि चारै जना अधिकारीमहरुले एकैपटक कार्यालय छाडेमा मेयर आडम्स तथा उनको प्रशासनलाई निकै ठूलो क्षेति पुग्न सक्ने अडकल गरिएको छ ।
गभर्नर होकुलले सिटीमा चार जना उपमेयरहरुले राजीनामा दिएमा सिटी प्रशासनमा गम्भीर समस्या निम्तिन सक्ने भएकोले अन्योलता हटाउन आफुले पहल थालेको सोमबार साँझ विज्ञप्ति मार्फत जानकारी गराएका थिए । सिटी चार्टरले गभर्नरलाई मेयरलाई हटाउन सकिने सम्मको अधिकार दिन्छ । गत सेप्टेम्बरमा एडम्समाथि भ्रष्टचारको आरोप लागेपछि गभर्नरमाथि मेयरलाई पदच्युत गर्न दवाव आएपनि गभर्नरले हटाउन मानेका थिएन




प्रतिक्रिया